Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा फुटबल खेलाडीको अभ्यासका क्रममा ज्यान गयो, प्रहरीले थाल्यो अनुसन्धान

हाम्रो कोशी आवाज
बैशाख ६ २०८२, शनिबार
धरानमा फुटबल खेलाडीको अभ्यासका क्रममा ज्यान गयो, प्रहरीले थाल्यो अनुसन्धान

धरानः धरानमा फुटबल खेलेर आराम गरिरहेका एकजनाको ज्यान गएको छ ।
धरान-१६ गणेशमान चोक बस्ने ३७ वर्षीय अनुपम गुरुङको फुटबल खेलेर केहीबेर आराम गरिरहेका बेला ज्यान गएको प्रहरीले जनाएको छ ।
शनिबार करिब साढे ५ बजेको समयमा धरान–१६ पुलचोकस्थित खसी कप हुने खेल मैदानमा खेलेर बसिरहेका गुरुङको ज्यान गएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगुले जानकारी दिए ।
‘फुटबल खेल्न गएका गुरुङ बसिरहेको स्थानमा नै ढलेको भन्ने प्रहरीमा खबर आएको थियो’, उनले भने, ‘फुटबल खेलिसकेर खेल्दिनँ भनेर बसिरहेको अवस्थामा बसेको उनको ज्यान गएको पाइयो ।’
मृतक गुरुङलगायतका स्थानियहरुले प्रगतिशील फुटबल क्लब धरान १६ पुलचोकको तर्फबाट नियमितरुपमा फुटबल खेल्ने गरेको र नियमित अभ्यासका क्रममा त्यहाँ जाने गरेका थिए । धरानमा पर्सी ८ गतेबाट हुन लागेको प्रथम स्व. प्रमिला लिम्बू स्मृति फुटबल प्रतियोगिताको लागि अभ्यास गर्ने क्रममा उनी अभ्यास गरिसकेर आराम गरिरहेको समयमा मैदानमा नै ढलेका थिए ।
खेलमा सहभागी रिजन गदालका भने, ‘कोचको भूमिकामा भीम लिम्बू हुनुहुन्थ्यो, खेल्ने क्रममा अनुपमले आफूलाई केहीबेरको खेलपछि २-३ दिनदेखि रिङ्गटा चलिरहेको भन्दै चौरी छेऊको ढुङ्गामा बस्नुभयो र मलाई आफूले सँगै घरबाट लिएर आएको झोला समेत माग्नुभयो, मैले झोला दिएँ सो झोलाबाट उहाँले पानी निकालेर खानेबित्तिकै ढल्नुभयो, त्यसपछि हामीले हतार हतार उठाएर ल्यायौं ।’ आफन्त र प्रहरीले उनलाई बीपी प्रतिष्ठान पुरयाएका थिए तर चिकित्सकले उनलाई मृत घोषणा गरे ।
प्रहरीका अनुसार शव अहिले धरानस्थित बीपी प्रतिष्ठानमा राखिएको छ । प्रहरीले भने घटनाबारे थप अनुसन्धान थालेको जनाएको छ ।

प्रकाशित मिति: बैशाख ६ २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend