Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ताप्लेजुङमा लत्रिएको बिजुलीको तारमा अल्झिएर जीपमा करेन्ट लाग्दा चारजनाको घटनास्थलमै मृत्यु

हाम्रो कोशी आवाज
बैशाख ८ २०८२, सोमबार
ताप्लेजुङमा लत्रिएको बिजुलीको तारमा अल्झिएर जीपमा करेन्ट लाग्दा चारजनाको घटनास्थलमै मृत्यु

ताप्लेजुङः पाथीभरा मन्दिर दर्शनका लागि तीर्थयात्री बोकेर जाँदै गरेको जीपमा आगलागी हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको छ ।
फुङलिङबाट तीर्थयात्री बोकेर पाथीभरा जाँदै गरेको मे१च ३०११ नम्बरको बोलेरो जीपमा सोमबार बिहान करिब ५ बजे करेन्ट लागेर आगलागी भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका इन्स्पेक्टर विवेक बस्नेतका अनुसार बिजुलीको पोलबाट लत्रिएको तारले जीपमा छोएर आगलागी भएको प्रारम्भिक अनुमान छ । फुङलिङ नगरपालिका–१० तेर्सेमा भएको सो घटनामा अरु २ जना घाइतेलाई उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
आगोले जलेर ललितपुर घर भएकी ४५ वर्षीया सविना आचार्य (सन्ध्या) गम्भीर घाइते र उनका ९ वर्षीय छोरा अभियव आचार्य सामान्य घाइते भएका छन् । प्रहरीका अनुसार घटनामा परेर फुङलिङ फुङलिङ नगरपालिका–१० फुरुम्बु घर भएका गाडी चालक ४५ वर्षीय दुर्गा भट्टराई, सविनाकी १६ वर्षीया छोरी आध्या आचार्य, सविनाको माइततर्फका बुवा झापा भद्रपुर–१५ का ७० वर्षीय विनोद पौडेल, आमा ६९ वर्षीया सरिता पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
‘बिजुलीको पोलबाट लत्रिएको तारले आगलागी भएको अनुमान छ । घटनास्थलमा चार जनाको मृत्यु भएको छ । अरू दुई जना घाइतेलाई उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएको छ ।’ इनिस्पेक्टर बस्नेतले भने ।
सोमबार बिहान करिब ५ः०० बजे विद्युतको पोलबाट चुँडिएको तार सडकमा झरेको र उक्त तारमा गाडी अल्झिँदा अचानक आगो लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।
इनिस्पेक्टर बस्नेतका अनुसार आगलागीको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक रवि रावलको कमाण्डमा १५ जनाको टोली तत्काल घटनास्थलमा पुगेको थियो । घाइतेलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल पठाइएको जनाइएको थियो । उनीहरूलाई हेलिकप्टरबाट काठमाडौं लैजान तयारी भइरहेको छ । सविना र उनका १० वर्षीय छोरालाई उपचारका लागि काठमाडौं लैजान लागिएको प्रहरीले जनाएको छ ।
जिल्लामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं लैजान लागिएको हो । त्यसका लागि काठमाडौंबाट हेलिकप्टर ताप्लेजुङका लागि आइसकेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार सविना र उनका छोरा खतराभन्दा बाहिर छन् । पाथीभरा दर्शनका लागि आइतबार ताप्लेजुङ सदरमुकाम फुङलिङ आईपुगेका उनीहरु होटेल प्यारिजमा बसेर सोमबार बिहान ३ः३० बजे पाथीभरा दर्शनका लागि निस्केका थिए ।

प्रकाशित मिति: बैशाख ८ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १० घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १४ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १७ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend