धरानः धरान–२० स्थित चिन्डेडाँडाको बाटो हुँदै लागूऔषध गाँजा बोकेको स्कारपियो गाडीबाट प्रहरीले गाँजा बरामद गरेको छ ।
गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले गाडीमा भारी परिमाणमा गाँजा फेला पारेपनि चालक भने भेटेन ।
धरान उपमहानगरपालिका वडा नं.१३ जिरो प्वाइन्टमा चोकमा चेकपोष्ट थापेर चेकजाँच गर्ने क्रममा सूर्यमार्गको बाटो हुँदै कृषि बजार छिर्ने बाटोमा खैरो रंङको को१च ७३३५ नम्बरको चालकबिनाको स्कारपियो गाडी फेला परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगूले जानकारी दिए ।
सो गाडी चेकजाँच गर्दा पछाडिको सिटमा कालो प्लास्टिकमा प्याकिङ गरी राखेको अवस्थामा १० वटा पोकामा लागूऔषध गाँजा ३०० केजी बरामद गरी स्कारपियो नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा ल्याई राखिएको साथै स्कारपियो चालकको खोजी तीब्र पारिएको प्रहरीले जनाएको छ ।