Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ट्रकको ठक्करले मृत्यु

हाम्रो कोशी आवाज
बैशाख १४ २०८२, आइतबार
धरानमा ट्रकको ठक्करले मृत्यु

धरानः धरानमा ट्रकको ठक्करले पैदलयात्रीको मृत्यु भएको छ ।
धरान-८ तीनकुनेस्थित शनि मन्दिरनजिक कोशी लोकमार्गमा इटहरीबाट धरानतर्फ आउँदै गरेको प्र १–०२–००२ ख ०६७६ नम्बरको ट्रकले नाम, थर, वतन नखुलेको पैदलयात्रीलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए ।
गम्भीर घाइते बनेका उनको उपचारका लागि धरानस्थित बीपी प्रतिष्ठान पुरयाइएको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र चालक भोजपुर हतुवागाडी गाउँपालिका–५ सुनाखरी टोल वस्ने २६ वर्षीय मोहनप्रसाद राई इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बैशाख १४ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend