धरानः धरानमा ३३० केजी गाँजा बरामद भएको छ ।
धरान–१७ खैरेनी टोलमा लागूऔषध गाँजा ओसारपसार हुँदैछ भन्ने गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी टोली त्यहाँ पुगेको थियो ।
खोजतलास गर्ने क्रममा बराहक्षेत्र नगरपालिका वडा नं.१ स्थित जंगलमा लागूऔषध गाँजा बोकेका केही व्यक्तिहरुले प्रहरी टोलीलाई देखेपछि जंगलतर्फ भागेका थिए । सो स्थानमा खोजतलास गर्दा प्लाष्टिकमा प्याक गरेको अवस्थामा लागू औषध गाँजा ११ वटा पोकामा ३३० केजी फेला पारिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगूले जानकारी दिए । फरार रहेकाहरुको खोजी तीब्र पारिएको उनले जानकारी दिए ।