Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अपडेटः धरानबाट हिँडेको बस दुर्घटनाः धरान-१३ का घाइते चालकको पनि धरानमा उपचारका क्रममा मृत्यु

हाम्रो कोशी आवाज
बैशाख २२ २०८२, सोमबार
अपडेटः धरानबाट हिँडेको बस दुर्घटनाः धरान-१३ का घाइते चालकको पनि धरानमा उपचारका क्रममा मृत्यु

धरानः धरानबाट भोजपुर जाँदै गरेको बस दुर्घटनामा परी चालकको समेत मृत्यु भएको छ ।
मृत्यु हुनेमा धरान–१३ का ५१ वर्षीय चालक रुद्र तामाङको धरानमै उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । धरानबाट हिँडेको बस धनकुटामा पल्टिएपछि एकजनाको मृत्यु भएको थियो भने उनीसँगै १३ जनाको घाइते बनेका थिए । घाइतेमध्ये उनी र अन्य तीनजना गम्भीर घाइते समेत बनेका थिए ।
उनको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा सोमबार राति साढे ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसअघि धनकुटामा उपचारका क्रममा धनकुटा–६ की कृष्णकुमारी राई भुजेलको मृत्यु भएको थियो । धरानबाट भोजपुरतर्फ हिँडेको को१ख २१७७ नम्बरको सार्वजनिक यात्रुवाहक सडकबाट करिब ५० मिटर तल खस्दा एकजनाको मृत्यु भएको थियो भने १३ जना घाइते बनेका थिए ।
कृष्णकुमारीको धनकुटा जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । अन्य घाइतेहरुको जिल्ला अस्पताल तथा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बैशाख २२ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend