Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा लज र घरकोठामा लागूऔषध भेटिएपछि दुईजना समातिए

हाम्रो कोशी आवाज
बैशाख २४ २०८२, बुधबार
धरानमा लज र घरकोठामा लागूऔषध भेटिएपछि दुईजना समातिए

धरानः धरानमा लज र घरकोठामा लागूऔषध भेटिएपछि दुईजना युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका वडा नं. ८ स्थित सभागृह छेऊ बस्ने ३८ वर्षीय मनोज विक र कैलाली जिल्लाको धनगढी घर भएका ३१ वर्षीय निखिल भन्ने वसन्त राजवंशी रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
धरान–३ स्थित क्वालिटी फुड कर्नर होटल एण्ड लजको कोठा नं. ३ मा लागूऔषध करोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो ।
वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सो कोठामा कानुनबमोजिम खानतलासी गर्दा राजवंशीले लुकाई राखेको अवस्थामा लागूऔषध स्पास्मो प्रोजेक्जोभिन ३७० क्याप्सुल फेला पारेको प्रहरीले जनाएको छ ।
सोही प्रहरी टोलीले धरान उपमहानगरपालिका वडा नं.८ स्थित सभागृह छेऊ बस्ने विकको घर कोठा कानुनबमोजिम खानतलासी गर्दा सो कोठामा लुकाई राखेको अवस्थामा लागूऔषध स्पास्मो प्रोजेक्जोभिन ८९२ क्याप्सुल, नाइट्रोसन ७० चक्की र इएससियुएफ ४० बोतल फेला पारेको प्रहरीले जनाएको छ । दुवैजनालाई लागूऔषधसहित पक्राउ गरी इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बैशाख २४ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend