Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

हिजोआज किन छिनछिनमै गइरहन्छ बिजुली ? जवाफ यस्तो

हाम्रो कोशी आवाज
जेष्ठ २ २०८२, शुक्रबार
हिजोआज किन छिनछिनमै गइरहन्छ बिजुली ? जवाफ यस्तो

धरानः नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बिहीबार बेलुका विद्युत आपूर्तिमा देखिएको समस्यालाई लोडसेडिङ्गसँग जोडेर सामाजिक सञ्जालमा आएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले प्राविधिक समस्याका कारण सिर्जना भएको प्रतिकुल अवस्थालाई लोडसेडिङ्गसँग जोडेर अब इन्भटर र मैन बत्तीका दिन आए भन्दै सामाजिक संजालमा अभिव्यक्त भनाइप्रति कत्ति पनि सत्यता नरहेको बताएका हुन् ।
उनले भने, ‘मौसमजन्य गतिविधिका कारण विद्युतीय संरचनामा भएको क्षति तथा देखिएको प्राविधिक समस्याका कारण सिर्जना भएको प्रतिकुल अवस्थालाई लोडसेडिङसंग जोडेर अब इन्भटर र मैनबत्तीको दिन आए भन्दै सामाजिक संजालमा अभिव्यक्त भनाइप्रति कत्ति पनि सत्यता नरहेको र अव नेपालमा पुनः लोडसेडिङ्ग शुरु हुने दिन आउँदै नआउने ब्यहोरा आम उपभोक्तालाई जानकारी गराउँदछौं ।’
त्यस्तै, उनले ढल्केवर मुजफरपुर ४०० केभी डवल सर्किट लाइनको दुवै सर्किटमा एक साथ समस्या देखिदा विद्युत अचानक अवरुद्ध हुन पुगेको स्पष्ट पारे ।
बेलुकाको समयमा लोड बढ्ने भएकाले आपुर्ति व्यवस्था मिलाउने प्रयास असफल भएको पनि उनले जानकारी गराए ।
‘ढल्केवर आसपासको क्षेत्रमा अति उच्च वेगका साथ चलेको हावाहुरीको कारण ढल्केवर मुजफरपुर ४०० केभि डवल सर्किट लाइनको दुवै सर्किटमा एक साथ देखिएको समस्याका कारण नेपालमा सो लाइनमार्फत आपुर्ति हुँदै आएको विद्युत अचानक अवरुद्ध हुन पुगेको थियो । दुवै सिर्किटमा आएको समस्या तत्काल समाधान नभएकाले नेपालको मात्र प्रणाली संचालन गरि विद्युत आपुर्ति ब्यवस्था मिलाउन प्रयास गरिएको तर बेलुकाको समयमा बढेर आउने लोडको कारण स्थिर आपुर्ति व्यवस्था मिलाउने प्रयास असफल भएको थियो,’ उनले भने । रक्सौल–परवानीपुर, मैनैया–सम्पतिया, कुशहवा–कटैया १३२ केभि लाइनहरुमार्फत नेपालतर्फको विद्युत गृहहरु संचालन गरि आपुर्ति व्यवस्था मिलाउन प्रयास गरिएको थियो । माग भन्दा कम उत्पादनका कारण सिस्टम स्टेवल नभइ लाइन ट्रिपिङ्ग भइ विद्युत प्रणाली संचालन गर्न सकिएन ।’
विद्युत प्रणालीमा देखिएको समस्या दीर्घकालिन रुपमा समाधान गर्नका लागि प्राधिकरण प्रतिवद्ध रहेकाे भन्दै उनले आगामी दिनमा यस्ता समस्या नदोहोरिनका लागि तत्कालिन मध्यकालिन र दीर्घकालिन योजना बनाई कार्य गरिरहेको पनि जानकारी दिए ।

प्रकाशित मिति: जेष्ठ २ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend