धरानः धरानका युवा लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
प्रदेश १९०२९०५० प ६३४७ नम्बरको मोटरसाइकलका चालक धरान–११ बस्ने १९ वर्षीय सुअन तामाङ र सोही मोटरसाइकलमा पछाडि सवार धरान–११ कै २७ वर्षीय मरुसन राई ब्राउन सुगरसहित पक्राउ परेका हुन् । मोटरसाइकल चालक सुअनले मलद्वारमा च्यापी ल्याएको अवस्थामा ३.३ ग्राम लागू औषध ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै, प्रदेश १९०२९०४३ प ६५४० नम्बरको स्कुटरमा सवार धरान उपमहानगरपालिका वडा नं १५ बस्ने ३२ वर्षीय रोमन शाहीले पनि मलद्वारमा च्यापी ल्याउँदै गरेको अवस्थामा ब्राउन सुगर फेला पारेको प्रहरीले जनाएको छ । उनको मलद्वारमा ४.८७ ग्राम लागूऔषध ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।
शुक्रबार लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले सुनसरीको विभिन्न स्थानहरूबाट चेकजाँचको क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
यस्तै, बेचबिखनमा संलग्न २५ वर्षीय अरुण मण्डल, ३० वर्षीय सागर तामाङ र ३१ वर्षीय प्रस्ताव राई र ओसारपसारमा प्रयोग भएका २ थान सवारी साधनहरु नियन्त्रणमा लरुएको हो । उनीहरूको साथबाट २१ ग्राम ९४० मिलग्रिाम ब्राउन सुगर बरामद गरिएको छ ।
त्यस्तै, इलाका प्रहरी कार्यालय भण्टाबारीले सप्तरी हनुमान नगरका २४ वर्षीय आकाश मण्डललाई कोशी गाउँपालिका ८ बाट २ ग्राम ५० मिलिग्राम ब्राउन सुगरहरु पक्राउ गरेको छ । पक्राउ परेका उनको थप अनुसन्धान भइरहेको छ ।