धरानः धरानमा लागूऔषध ब्राउन सुगरसहित एक युवा पक्राउ परेका छन् ।
धरान उपमहानगरपालिका वडा नं. १५ विशाल चोक स्थितमा अस्थायी प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा खोटाङ दित्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ४ घर भई हाल धरान उपमहानगरपालिका वडा नं.१५ बिसाल चौक बस्ने २६ वर्षीय दिवश राई र धरान उपमहानगरपालिका वडा नं.१५ महादेव चौक बस्ने २९ वर्षीय बिसन श्रेष्ठ पक्राउ परेका हुन् ।
कानुन बमोजिम चेकजाँच गर्दा निजहरुको साथबाट लागूऔषध ब्राउन सुगर ०.४६० ग्राम फेला पारी सो लागूऔषध ब्राउन सुगर्रसहित निजहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।