Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा पार्किङ गरिरहेको स्कारपियो गाडी हराउँदा…

हाम्रो कोशी आवाज
असार २७ २०८२, शुक्रबार
धरानमा पार्किङ गरिरहेको स्कारपियो गाडी हराउँदा…

धरानः धरानमा पार्किङबाटै हराएको गाडी भेटिएको छ ।
धरान–१८ धनकुटे रोडमा पार्किङ गरिराखेको को२च६६२ नम्बरको महेन्द्र स्कारपियो गाडी पार्किङ गरिरहेको ठाउँबाट हराएको पाइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
हरियो रंगको स्कारपियो गाडी हराएको भन्ने जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक कोमल ठाकुरको कमाण्डमा खटिएको प्रहरीले खोज गर्ने क्रममा धरान–८ स्थित बराह कम्प्लेक्स अगाडि फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले चालक धरान–८ बस्ने ३२ वर्षीय शिवकुमार खड्कालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असार २७ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend