धरानः धरान–तरहरा सडक खण्डअन्तर्गत कोशी लोकमार्गमा भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लागि तरहराबाट धरानतर्फ आउँदै गरेका सप्तरीको राजविराज निवासी विमलकुमार साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रदेश २–०१–००३प नम्बरको मोटरसाइकलमा सवार उनी आफैं अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किन पुगेका थिए । गम्भीर घाइते उनको धरानस्थित बीपी प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उच्च बार एशोसिएशन राजविराजका पूर्व सचिव समेत रहेका साह अधिवक्ता समेत रहेको आफन्तले बताएका छन् । –सप्तरी हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।