Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा सार्वजनिक बस र घरमा लागूऔषध भेटेपछि समातिए

हाम्रो कोशी आवाज
साउन ७ २०८२, बुधबार
धरानमा सार्वजनिक बस र घरमा लागूऔषध भेटेपछि समातिए

धरानः धरानमा लागूऔषध प्रयोगकर्ता बढ्दै गएका छन् । धरानमा प्रत्येक दिनजसो लागूऔषधसहित पक्राउ पर्न थालेका छन् ।
धरान-१३ निशाने डाँडाबाट प्रहरीले लागूऔषध गाँजासहित पक्राउ गरेको हो । अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको चेकिङ टोलीले विशेष सूचनाको आधारमा राजारानीबाट धरानतर्फ आउँदै गरेको को१ख ६०९० नम्बरको बस चेकजाँच गर्दा सो बसको डिकीमा रहेको झोलामा गाँजा फेला पारेको हो ।
दुईवटा पछाडि बोक्ने कालो रंगको झोलामा लागू औषध गाँजा ९ केजी फेला पारी सोधपुछ गर्दा सो झोला बसमा सवार इटहरी उपमहानगरपालिका वडा नं. ७ बस्ने २४ वर्षीय सुरेश खत्वे र इटहरी–८ बस्ने २० वर्षीय तुलसी पासवानको रहेकोले उनीहरुलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसैबीच धरान–१७ डाँडाघोपामा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।
लागूऔषध कारोबार भइ रहेको विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोलीले टिनको छाना र टाटीले बेरेको उदय लामाको घरमा सोमबार साँझ छापा मारेको हो ।
प्रहरी टोलीले घर खानतलासी गर्दा ट्रामाडोल १ हजार ८ सय ७३ क्याप्सुल र डिकोलिक १ हजार ८ सय ३४ ट्याब्लेट बरामद गरेको जनाएको छ । घटनास्थलबाट धरान–१७ बस्ने २७ वर्षीय अन्जान विश्वकर्मालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय धरानमा ल्याइएको छ ।
पक्राउ परेका व्यक्तिविरुद्ध लागूऔषधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: साउन ७ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend