Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान–१७ का सनम राई भारतमा रोजगारीमा जाँदै थिए, बाटैमा रेलबाट खसेको सूचना आयो

हाम्रो कोशी आवाज
साउन ८ २०८२, बिहिबार
धरान–१७ का सनम राई भारतमा रोजगारीमा जाँदै थिए, बाटैमा रेलबाट खसेको सूचना आयो

धरानः धरानका सनम राई भारतको सोनपुर स्टेशनमा रेलबाट खसेको भन्ने जानकारी अहिले सामाजिक सञ्जालमा भाइरल छ ।
सामाजिक सञ्जाजलमा लेखेर फोटोसहित छ–सनम राई नाम भएको उहाँ भारतको सोनपुर स्टेशनमा रेलबाट खसेका छन् । उहाँ नेपालमा धरानको हुनुहुन्छ । फोटोमा दिइएको व्यक्तिलाई’चिन्नु हुनेले सम्पर्क गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।
यसैबीच उनी धरान–१७ को बासिन्दा भएको पुष्टि भएको छ । उनी धरान–१७ विद्या टोलको बासिन्दा भएको खुलेको छ । करिब २६ वर्षीय उनी बुधबार मात्रै भारततर्फ घरबाट हिँडेका थिए । धरान–१७ का बासिन्दा उनी भारतको दिल्लीतर्फ रोजगारीको सिलसिलामा बुधबार मात्रै भारततर्फ हिँडेको आफन्तले बताएका छन् । दीपक नाम गरेका छिमेकीले उनलाई भारतमा रोजगारीका लागि लगेको दिदी अनिता राई शेर्पाले जानकारी दिएकी छिन् । ‘हिजैमात्रै भाइ भारतमा रोजगारी गर्न भनी दीपक नाम गरेका व्यक्तिसँग हिँडेको थियो, आज एकाएक यस्तो खबर आउँदा हामी आश्चार्य चकित भएका छौं’, उनले भनिन्, ‘तर दीपक भन्ने व्यक्ति अहिले सम्पर्कविहीन छन् ।’
सामाजिक सञ्जाल हेर्दा सनमको अवस्था चिन्ताजनक जस्तो देखिएपनि अहिलेसम्म अवस्था कस्तो छ भन्नेबारेमा आफूहरुले केही जानकारी नपाएको उनले बताइन् । ‘रेलबाट झरेको भनेर फेसबुकमा चाहिँ लगाएको पाइयो तर अहिलेसम्म अवस्था कस्तो छ, जानकारी समेत पाइएको छैन’, उनले भनिन् ।
सख्त अवस्थामा घाइते बनेका उनको पटनास्थित पीएमसीएच हस्पिटलमा उपचार भइरहेको पाइएको उनले जानकारी दिइन् । त्यहाँ उपचार भइरहेको चाल पाएपछि बिहीबार साढे ५ बजे आफन्तहरु भारततर्फ गइसकेको उनको भनाइ छ । ‘साँझको साढे ५ बजे यहाँबाट आफन्तहरु भारततर्फ गइसक्नुभएको छ’, उनले भनिन्, ‘उहाँहरु पुगेपछि थप जानकारी आउला ।’
रेलबाट खसेर सख्त घाइते अवस्थामा रहेको जानकारी सामाजिक सञ्जाल फेसबुकमा आफूले जानकारी दिएपछि घर पत्ता लागिसकेको धरान–१७ का निवर्तमान टिएलओ अध्यक्ष लिलाबहादुर बुढाथोकीले जानकारी दिए । ‘खासमा भारतमै रोजगारीको सिलसिलामा रहेका धरान–१७ कै प्रेम राईले धरान–१७ कै सनमको आफन्त पत्ता लगाइदिनुपरयो भनेर मलाई फेसबुक म्यासेन्जरमा कल गर्नुभएको थियो, त्यसपछि मैले पनि सोधीखोजी गर्दै जाँदा अहिले धरान–१७ विद्या टोलको हो भन्ने पत्ता लागेर आफन्तसँग कुरा भइसकेको छ ।’ उनले भने ।

प्रकाशित मिति: साउन ८ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend