धरानः धरानमा लागूऔषधसहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका वडा नं.१५ घर भई हाल धरान–५ एभरेष्ट लाइन बस्ने ३६ वर्षीय हेमबहादुर तामाङ र धनकुटा घर भई हाल धरान उपमहानगरपालिका वडा नं. १६ बस्ने २८ वर्र्षीय मिलन थापा मगर रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
धरान उपमहानगरपालिका वडा नं.१५ मा लागू औषध कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट बरगाछीबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
भाडामा रहेको कोठामा कानुन बमोजिम खानतलासी गर्दा निजहरुको कोठाबाट लागूऔषध ट्रामोल २९१० क्याप्सुल र डिकोलिक २९५० ट्याब्लेटसहित निजहरुलाई समेत नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरले जनाएको छ ।