Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा यसपटक जात्रा उत्सवकै रुपमा मनाउने तयारी

हाम्रो कोशी आवाज
साउन २२ २०८२, बिहिबार
धरानमा यसपटक जात्रा उत्सवकै रुपमा मनाउने तयारी

धरानः धरानमा यसपटक जात्रा भव्यताका साथ मनाइने भएको छ ।
धरान उपमहानगरपालिका वडा नम्बर ३ कार्यालयको आयोजनामा पहिलोपटक तीनदिने चन्द्रपुर जात्रा उत्सव मनाउने तयारी थालिएको धरान–३ का वडाध्यक्ष विद्या शाक्यले जानकारी दिए । वडाको संरक्षणमा र नेपाल खड्गी सेवा समिति धरानको आयोजनामा हुने गाईजात्रा महोत्सव यसपटक भव्य हुने भएको हो ।
साउन ३० गतेदेखि भाद्र १ गतेसम्म तीन दिनसम्म विभिन्न सांस्कृतिक कार्यक्रमसहित चन्द्रपुर जात्रामय हुने हुने वडाध्यक्ष शाक्यले जानकारी दिए । धरान वडा नम्बर ३ को स्थानीय संस्कृति र परम्परालाई संरक्षण विगतका दिनमा स्थानीयवासीहरुले जे जस्तो योगदान दिएपनि बीचमा यो यो परम्परा पलायन हुने अवस्था देखिन थालेपछि यस्तो कार्यक्रम थालिएको उनले बताए । चन्द्रपुर क्षेत्रको नेवाः संस्कृति सँगै यहाँ बसोबास गर्दै आएका बहुजातीय संस्कृति र क्रियाकलापलाई संरक्षणसँगै युवा पुस्तासम्म पुरयाउन र त्यसको महत्व जागृत गराउन चन्द्रपुर जात्राको आयोजना गरिएको उनले जानकारी दिए ।
वडाध्यक्ष शाक्यका अनुसार यो परम्परालाई निरन्तर दिने वातावरण पनि तयारी गरिनेछ । कार्यक्रम भव्य र सभ्य सम्पन्न गर्न ठाउँ–ठाउँमा सिसी क्यामरा जडानलगायत सुरक्षा संयन्त्रको रुपमा जनपथ प्रहरी, नगर प्रहरी र सेक्युरिटी गार्ड समेतको व्यवस्था गरिने उनले जानकारी दिए ।
चन्द्रपुर जात्रा समितिका संयोजक अनिल मास्केले प्रेस विज्ञप्तिमार्फत् पूर्वका विभिन्न शहरहरुमध्ये धरान र धरानको यस वडा चन्द्रपुर बजारक्षेत्र धरान स्थापनाकालदेखि नै नेवाः संस्कृतिको मूल थलोको रुपमा रही नेवार साँस्कृतिक क्रियाकलापहरुलाई संरक्षण र विकास गरिरहेको क्षेत्रको रुपमा रहिआएको बताउँदै भने, ‘गाईजात्रा, लाखे नाच, कृष्ण जन्माष्टमी, रथयात्रालगायत परम्परागत कार्यक्रमहरूलाई समेटेर यो कार्यक्रम हुन लागेको हो ।’
साउन ३० गते धिमेबाजा प्रतियोगिता एवं विभिन्न बाजाहरुको प्रस्तुति, साउन ३१ गते कृष्ण जन्माष्टमी उत्सव, बृहत् लाखे प्रदर्शनी साथै अन्य जातीय साँस्कृतिक प्रदर्शनी र भाद्र १ गते मौलिक, साँस्कृतिक झाँकीसहितको कृष्ण र रथ यात्रा र रात्रीकालिन नाटकीय शैलीमा लाखे समापन गरिने समेत उनले जानकारी दिए ।
तस्वीर: लक्ष्मण थापा

प्रकाशित मिति: साउन २२ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend