Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा आदिवासी जनजाति पत्रकार संघद्वारा दुईजना पत्रकारलाई नगदसहित सम्मान

हाम्रो कोशी आवाज
साउन २८ २०८२, बुधबार
धरानमा आदिवासी जनजाति पत्रकार संघद्वारा दुईजना पत्रकारलाई नगदसहित सम्मान

धरानः नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नम्बर १ कार्य समितिले दुईजना पत्रकारहरुलाई जनही १० हजार नगद बराबरले सम्मान गरेको छ ।
सम्मान फोनिजको २६ औं स्थापना दिवसको अवसरमा धरान–२ स्थित एचके मेलोडी क्लबमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो । सम्मानित हुने पत्रकारहरुमा भोजपुर कर्मथलो भएकी र २०७० सालदेखि निरन्तर पत्रकारिता गर्दै आएकी भोजपुरकी शारदा तामाङ र झापा कर्मथलो बनाएका र २०५७ सालदेखि निरन्तर पत्रकारिता गर्दै आएका दमक–१ निवासी दिलकुमार लावती रहेका छन् ।
सम्मानित दुवैजनालाई प्रमुख अतिथि एवं साँगुरीगढी गाउँपालिका धनकुटाका अध्यक्ष जीतेन्द्र रुम्दाली राई, पुरस्कार छनौट समितिका संयोजक सन्तवीर लामा, फोनिज प्रदेश १ का अध्यक्ष विजयबोध लावती र अग्रजद्वय पत्रकार हर्ष सुब्बा, सञ्जयसन्तोषी राई समेतले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । सोही कार्यक्रममा फोनिज प्रदेश– १ नयाँ निर्वाचित कार्य समितिका पदाधिकारीहरुलाई शुभकामना पत्रले पनि सम्मान गरिएको थियो ।
तस्वीरहरूः लक्ष्मण थापा/हाम्रो कोशी आवाज

प्रकाशित मिति: साउन २८ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend