Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका युवा बसमा आउँदै गर्दा लागूऔषधसहित बाटोमै समातिए

हाम्रो कोशी आवाज
साउन २८ २०८२, बुधबार
धरानका युवा बसमा आउँदै गर्दा लागूऔषधसहित बाटोमै समातिए

धरानः धरानका एक युवा लागूऔषधसहित बाटैमा पक्राउ परेका छन् ।
धरान आउँदै गरेको मे१क ३२५६ नम्बरको बस चेकचाज गर्ने धरान–११ बस्ने २५ वर्षीय विवेक राउत बाटैबाट लागूऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
विराटनगरबाट आउँदै गरेको बसमा सवार उनको साथबाट १९५ पिस क्याप्सुल ट्रामाडोल र १९५ पिस ट्याब डिकोलिक नामक लागूऔषधसहित उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।
यस्तै, सुनसरीको इनरुवा नगरपालिकाको एरिया इलाकामा लागू औषधओसार पसार भइरहेको छ भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको छ ।
इनरुवा–४ बसपार्कमा इटहरी उपमहानगरपालिका वडा नं. १६ बस्ने १६ वर्षीय दीपेन्द्र चौधरी र वडा नं. ७ बस्ने १८ वर्षीय निरज चौधरीलाई कानुन बामोजिम चेकजाँच तथा खानतलासी गर्दा निजहरूमध्ये दीपेन्द्र चौधरीको साथबाट लागूऔषध ब्राउन सुगर २.५० ग्राम सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: साउन २८ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend