Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा भोलि देशभरका साइकल राइडर्सबीच साइक्लिङ च्यालेन्ज

हाम्रो कोशी आवाज
साउन ३० २०८२, शुक्रबार
धरानमा भोलि देशभरका साइकल राइडर्सबीच साइक्लिङ च्यालेन्ज

धरानः नेपालको सबै भूभागमा गरिँदै आएको ‘कोरा राइड’ साइक्लिङ इभेन्ट कार्यक्रम गत वर्षझै यो वर्ष पनि पेडलर्स धरान माउन्टेन बाइकिङ क्लबको आयोजनामा भोलि शनिबार हुने भएको छ ।
क्लबका अध्यक्ष किसन मास्केका अनुसार देशका विभिन्न शहरबाट २०० भन्दा बढी साइकल राइडर्सहरुको सहभागी हुनेछन् साइक्लिङ भानुचोकबाट शुभारम्भ हुनेछ । साइकल रयालीको समुदघाटन क्लबका सल्लाहकारद्वय धरानका पूर्व मेयर तिलक राई र एसएसपी भीम दाहालले संयुक्तरुपमा गर्ने कार्यक्रम छ । धरान–१७ स्थित साकेला पार्कमा कार्यक्रम समापन धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाले गर्ने कार्यक्रम छ ।
सन २०११ मा काठमाडौंमा पहिलोपटक शुरु भएको ‘कोरा राइड’ साइक्लिङ च्यालेन्जमा सहभागी राइडर्सले सम्बन्धित शहरका धार्मिक र पर्यटकीय स्थलहरू चेक पोइन्ट बनाएर साइकल रयाली पूरा गर्ने परम्परा रहेको र धरानको पर्यटन प्रवद्र्धन र यहाँका धार्मिक क्षेत्रको विकासमा टेवा पुगोस् भन्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको अध्यक्ष मास्केले प्रष्टयाए । कार्यक्रम नेपालसहित विश्वका विभिन्न शहरमा ‘साइकलको जात्रा’का रूपमा श्रावण महिनामा मनाइन्छ । धरानमा भने सन २०१७ देखि निरन्तर मनाउँदै आएको र सन् २०२४ देखि यसको आयोजना पेडलर्स धरानले निरन्तर रुपम गर्दै आएको उनले बताए ।
आयोजक कल्बका सल्लाहकार विनयलाल श्रेष्ठले शनिबार हुने कोरा राइड भानुचोक, धरान–२ बाट सुरु भई धरान–१७ साकेला पार्कमा पुगेर समापन हुनेछ । कुल ३२ किलोमिटर दूरीको यो साइकलिङ रुटमा पुतलीलाइन, दुर्गाचोक, गणेशमान सिंह चोक, इस्कोन मन्दिर, वैष्णव देवी मन्दिर, धरान रंगशाला, बुढासुब्बा मन्दिर, पिण्डेश्वर मन्दिर, दन्तकाली मन्दिर, विजयपुर, तल्लो देउराली, महादेव चोक, बुद्धचोक, घोपा गेटलगायत धरानका प्रमुख स्थलहरू पर्ने उनले जानकारी दिए ।
अध्यक्ष मास्केका अनुसार कार्यक्रम बिहान ७ः०० बजे भानुचोकबाट विधिवत् रूपमा सुरु हुनेछ । कार्यक्रममा कोरा राइड साइक्लििङ च्यालेन्जका संयोजक तथा पेडलर्स धरान माउन्टेन वाइकिङ क्लबका उपाध्यक्ष विजय श्रेष्ठ, क्लबका सचिव अतुल श्रेष्ठ, सदस्य गौरवमान श्रेष्ठ र पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले समेतको उपस्थित रहेको थियो ।

प्रकाशित मिति: साउन ३० २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend