Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा साइक्लिङ इभेन्टमा देशभरका दुई सयभन्दा बढी सहभागी

हाम्रो कोशी आवाज
साउन ३१ २०८२, शनिबार
धरानमा साइक्लिङ इभेन्टमा देशभरका दुई सयभन्दा बढी सहभागी

धरानः नेपालको सबै भूभागमा गरिँदै आएको ‘कोरा राइड’ साइक्लिङ इभेन्ट कार्यक्रम गत वर्षझै यो वर्षपनि धरानमा सम्पन्न भयो ।
पेडलर्स धरान माउन्टेन बाइकिङ क्लबको आयोजनामा शनिबार बिहान भानुचोकबाट देशभरका २ सय भन्दा बढी साइक्लिङ राइडर्सहरू निस्किएर धरानभरिका मठ–मन्दिर तथा देवालयको परिक्रमा गरे छन् ।
सुनसरी उद्योग वाणिज्य संघ धरानका अध्यक्ष गोपाल श्रेष्ठ र पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेले संयुक्तरूपमा रिवन काटेर शुभारम्भ भएको कार्यक्रम धरान–१७ स्थित साकेला पार्कमा धरान उपमहानगर पालिका उपमेयर अइन्द्रविक्रम बेघाको उपस्थितिमा समापन भएको क्लबका अध्यक्ष किसन मास्केले जानकारी दिए ।
नेपालमा सन् २०११ सालबाट स्थानीय ठाउँको प्रवद्र्धन र धार्मिक स्थलहरूको परिक्रमा गर्ने चलन कोरा राइडर्सले सुरुवात गरेको उनको भनाइ छ । पेडलर्स धरान माउन्टेन बाइकिङ क्लबले अनुसरण गर्दै यो दोश्रो संस्करणको आयोजना गरेको हो ।
करिब ३२ किलोमिटरको यात्रामा महिला, बालक, युवायुवती र प्रौढ सबै उमेर समूहका सहभागी थिए । राइडर्सहरूले भानुचौकबाट यात्रा तय गरी पुतलीलाइन, दुर्गाचोक, गणेशमानसिंह चोक, इस्कोन मन्दिर, वैष्णवदेवी मन्दिर, धरान रंगशाला, बुढासुब्बा, पिण्डेश्वर, दन्तकाली, विजयपुर, तल्लो देउराली, महादेवचोक, बुद्धचोक, बीपी प्रतिष्ठान गेट हुँदै धरान–१७ साकेला पार्क पुगेर समापन गरेका थिए ।
साइक्लिङ राइडर्सहरुको सहभागिता बारा जीतपुर, तरहरा, विराटनगर, पथरी, सिमरा, उर्लाबारीलगायतका ठाउँहरुमा पनि भएको आयोजकले जनाएको छ । धरानमा सन २०१७ सालदेखि कोरा राइडर्स कार्यक्रम विभिन्न संघ संस्थाले गर्दै आएकोलाई २०२४ सालदेखि पेडलर्स धरान माउन्टेन बाइकिङ क्लबले आयोजना गर्दै आएको क्लबका सचिव अतुल श्रेष्ठले जानकारी दिए । तस्वीरहरुः लक्ष्मण थापा

प्रकाशित मिति: साउन ३१ २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend