Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा कृष्ण जन्माष्टमी, धीमेबाजा प्रतियोगिता, बृहत लाखे प्रदर्शनी सम्पन्न

हाम्रो कोशी आवाज
साउन ३१ २०८२, शनिबार
धरानमा कृष्ण जन्माष्टमी, धीमेबाजा प्रतियोगिता, बृहत लाखे प्रदर्शनी सम्पन्न

धरानः धरानको चन्द्रपुरमा जात्रा उत्सव शुरु भएको छ । धरान–३ वडा कार्यालयको विशेष सहयोगमा तीनदिने चन्द्रपुर जात्रा उत्सव शुरु भएको हो । जात्रा उत्सवको पहिलो दिन धीमेबाजा प्रतियोगिता गरेर सम्पन्न भएको छ ।
धीमेबाजा प्रतियोगितामा ६ जना समूह प्रतिस्पर्धीहरुमा नेवाः साँस्कृतिक कलापुञ्ज धरान–१० प्रथम, नेवाः देय दबू धरान–१५ दोस्रो र नेवाः थपु गुठी धरान–८ तेस्रो भएको छ र उनीहरुलाई प्रोत्साहन स्वरुप क्रमशः नगद १० हजार, ७ हजार र ५ हजारले पुरस्कारले सम्मान गरिएको थियो । धीमेबाजाका प्रतियोगिताका निर्णायकहरुमा नरेश शाक्य, गगनमान श्रेष्ठ र आयुष शाक्य रहेका थिए ।
नेवाः संस्कृतिको मूल थलो मानिने धरान–३ स्थित ऐतिहासिक चन्द्रपुर बजार क्षेत्र शुक्रबारदेखि तीनदिने भव्य चन्द्रपुर जात्रा सांस्कृतिक जात्रा भएको हो । कोशी प्रदेशकी सांसद यशोदा कायस्थको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा जात्राले बजारलाई सांस्कृतिक उमंगले छरिदिएको छ ।
राणाकालीन प्रधानमन्त्री चन्द्रशमशेरले स्थापना गरेको चन्द्रपुर बजार नेवारी इतिहास, परम्परा र संस्कृतिको महत्वपूर्ण केन्द्रविन्दु मानिन्छ । यसको संरक्षण र प्रवद्र्धनका लागि धरान नगरपालिका–३ वडाको विशेष पहलमा जात्राको आयोजना गरिएको हो ।
धिमेबाजाको मधुर तालसँगै मौलिक नेवारी बाजागाजाको प्रस्तुति र धिमो बाजा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा धरान–८ को थपु गुठी, धरान–१० को नेवाःसांस्कृतिक उत्थान मञ्च, धरान–१० कै नेवा ःसांस्कृतिक कला पुञ्ज, नेवाः देय् दबु धरान १५, नेःवा देय दबु धरान ७ र १०, नेःवा मिसा दबु र नेवार एकता समाजको सहभागिता रहेको छ ।
जात्राको दोस्रो दिन शनिबार कृष्ण जन्माष्टमी उत्सव, बृहत लाखे प्रदर्शन र अन्य जातीय सांस्कृतिक कार्यक्रम आयोजना भएको थियो । भोलि अर्थात् भाद्र १ गते मौलिक सांस्कृतिक झाँकीसहितको कृष्ण रथयात्रा निकालिने र रात्रीकालीन लाखे बिसर्जन गरेर जात्राको समापन गरिने संयोजक अनिल मास्केले जानकारी दिए ।
कार्यक्रममा नेवारी संस्कृति र चन्द्रबजारको विकासको लागि योगदान दिएका समाजसेवी कृष्णप्रसाद श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रममा सांसद कायस्थ, धरान–३ का वडा सदस्य मिङमा भोटे, वडा नम्बर–३ कै पूर्व वडा सदस्य विकास बनेपालीले बोलेका थिए । कार्यक्रम धरान–३ का वडाध्यक्ष विद्या शाक्यको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन अमृत श्रेष्ठ आचार्जुले गरेका थिए ।
तस्वीरहरूः लक्ष्मण थापा

प्रकाशित मिति: साउन ३१ २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend