Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-तरहरा सडक खण्डमा जैविक मार्ग कहिले बन्ने ?

हाम्रो कोशी आवाज
भाद्र १ २०८२, आइतबार
धरान-तरहरा सडक खण्डमा जैविक मार्ग कहिले बन्ने ?

धरानः धरान-तरहरा सडक खण्डमा दुई स्थानमा वन्यजन्तुका लागि ‘जैविक मार्ग’ निर्माणको योजना अघि सारेपनि अहिलेसम्म बन्न सकेको छैन ।
वन्यजन्तुका हिँडडुलका सहज होस् भनेर जैविक मार्ग निर्माणमा जोड दिनुपर्ने आवाज वर्षेनी उठ्दै आएको छ । धरान–तरहरा सडक खण्डमा पर्ने सडकमा यस्तो जैविक मार्ग बन्न लागेको समाचार पटक पटक आइपनि रहेको छ । अहिले बनिसकेको सडक फराकिलो रहेको र वन्यजन्तुका लागि निकै जोखिमपूर्ण बन्दै गएपछि यस्तो योजना अघि सारिए पनि कार्यान्वयन हुन नसकेको डिभिजन वन कार्यालय सुनसरीका प्रमुख धर्मनाथ यादवले बताउँछन् । ‘यो कुरा पहिल्यै उठेको हो तर कार्यान्वयन हुन सकिरहेको छैन तर पहल जारी छ ।’ उनी भन्छन् ।
अहिले पनि सो सडक बनिसकेको छ । अत्याधिक गतिमा सवारी साधन गुड्ने गरेका छन् भने वन्यजन्तुलाई ठक्कर दिने क्रम बढ्दो छ । वन्यजन्तुसँग सवारी साधन ठोक्किँदा चालक र यात्रुहरु पनि घाइते बन्दै आएका छन् । सो सडकमा गुड्ने सवारीको ठक्करले दुईवटा हरिण मरिसकेको छ भने हात्तीको ओहोरदोहोरले यात्रुले हैरानी खेप्दै आएका छन् । उनका अनुसार धरानको तीनकुने केही तल र सेउती खोला मुनि त्यस्तो मार्ग निर्माणको पहल भइरहेको छ । उनका अनुसार वन्यजन्तुका लागि हिँडडुलका लागि सजिलो होस् भनेर जैविक मार्ग निर्माणमा आफूले सक्दो जोड दिँदै आएको र मन्त्रालयसम्म कुरा लगिसकेको समेत बताए । उनले सडक कार्यालय, प्रशासन, वन मन्त्रालय, प्रदेश निर्देशनालय राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतका निकायमा समेतमा यो करा पुरयाइसकिएको उनले जानकारी दिए । ‘वन्यजन्तु ओहोरदोहोर गर्ने मार्ग बनाइयो भने दुर्घटना कम हुने साथै वन्यजन्तु पनि जोगिन्छन् ।’ उनले भने, ‘त्यसका लागि मैले मन्त्रालयसम्म पनि कुरा लगिसकेको छु ।’
चारकोशे झाडी हुँदै विशेषतः हात्तीहरु आसामदेखि आउने र जैविक मार्ग नबन्दा अल्मलिँदै सुनसरीमा हात्ती आतङ्क बढ्दो रहेको हुनाले पनि सो बाटो सहज गरियो भने हात्तीहरु पनि सहजै कोशी टप्पुसम्म पुग्न सहज हुने उनको भनाइ छ । उनले बाटो माथिबाट र अन्डर ग्राउण्डको मार्ग निर्माण गर्न सकिने बताए ।
यसैबीच सो सडक खण्डअन्तर्गत पर्ने सेउती पुल पश्चिममा लेन देखाउने होर्डिङ बोर्डको पनि आवश्यकता रहेको छ । केहीदिनअघि लेन क्लियर नहुँदा दायाँ लेनतर्फ नै तीब्र गतिमा मोटरसाइकल दौडिएर जाँदा स्कुटरमा सवार दुईजना युवकको बसमा ठोक्किएर निधन समेत भएको थियो ।
दुर्घटनामा बिर्तामोडका सुजन विक र सुरज विकले ज्यान गुमाएका थिए । गलत लेनका कारण उनको ज्यान गएको हो । यसले दुर्घटनाको जोखिम बढाएकोले ट्राफिक चिह्न अङ्कित होर्डिङ बोर्डको आवश्यकता देखिएको छ ।

गुलाबलाई देखेर राम्रो हे भाइ नछुनू ।
लोभले हे¥यो, मोहनी गयो जङ्गली नहुनु ।
सिर्जनाभित्र रचना राम्रा नजरका जुहार ।
ईश्वरको हाँसो पाएका फूल छोएर नमार ।
-महाकवि लक्ष्मीप्रसाद देवकोटा
मुनामदनमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेका माथिका कालजयी हरफहरुले प्रकृतिका सुन्दर सिर्जना फूलको संरक्षणको लागि आह्वान गरेका छन् । यहाँ जैविक विविधताको संरक्षणकै कुरा उठाइएको हो । प्रत्यक्ष सुन्दर बनेर देखिने फूलको महव भए जस्तै जिवजन्तु, वनस्पति तथा सूक्ष्मजीवी सबैको उत्तिकै महत्व रहेको हुन्छ ।  हामीले पृथ्वी सबैको साझा घर हो र सबै प्राणीको यहाँ बाँच्न पाउने उत्तिकै अधिकार रहन्छ, जति मनुष्यको हुन्छ भन्ने कुरा बुझ्न जरुरी छ । मानिसले सर्वोच्च प्राणी आफूलाई ठान्दै अरुको अस्तित्व नस्वीकार्दा धेरै अप्ठेराहरु देखापर्ने गरेका छन् । पृथ्वी सबैको हो । यो साझा फूलबारीमा धेरैखालका फूलहरु हाँस्न पाउनुपर्दछ, नाच्न पाउनु पर्दछ भन्ने भावना सबैमा हुनु पर्दछ । जैविक विविधता र जीव विकासक्रमको ज्ञानले मानिसलाई अहिङ्सक बनाउँछ, सबै प्राणीलाई माया र सम्मान गर्न सिकाउँछ । यो ज्ञानले मानिसलाई हामी सबै प्राणीका पुर्खा एकै भएकाले हामी सबै दाजुभाइ जस्ता हौं भन्ने तथ्य बुझाउन सक्छ । सबै मानिसमा प्रेम गरौं, सबै प्राणीको बाँच्न पाउने अधिकारको सुनिश्चित गरौं । आफू बाँचौ, अरुलाई बाँच्न दिऔं, जैविक विविधता बारे आफू पनि बुझौं र अरुलाई बुझाऔँ ।
-हाम्रो कोशी आवाज साप्ताहिकबाट

प्रकाशित मिति: भाद्र १ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend