Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको श्रम संस्कृति पार्कनजिकैको जंगलबाट ७२ गाँजासहित युवा प्रहरी फन्दामा

हाम्रो कोशी आवाज
भाद्र १ २०८२, आइतबार
धरानको श्रम संस्कृति पार्कनजिकैको जंगलबाट ७२ गाँजासहित युवा प्रहरी फन्दामा

धरानः धरान उपमहानगरपालिका-२० श्रम संस्कृति पार्क नजिकैको जंगल (ओशो पार्क नजिक) प्रहरीले गाँजासहित युवा पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले पाँचजनालाई ७२ किलो गाँजासहित पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परेकाहरुको साथबाट कालो प्लास्टिकमा राखिएको ६ पोका गाँजा बरामद गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
पक्राउ पर्नेमा धरान-२० का ३० वर्षीय रुपेश राई, सोहि स्थानका २८ वर्षीय मिलन राई र २५ वर्षीय रञ्जित राई, धनकुटा सहिदभूमि गाउँपालिका-३ घर भई हाल इटहरी-१० बसोबास गर्दै आएका ३४ वर्षीय प्रदीप राई र धरान-१३ का ३१ वर्षीय सन्तोष राई रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: भाद्र १ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend