Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा स्कुटरको ठक्करले पैदल हिँडिरहेकी महिलाको मृत्यु

हाम्रो कोशी आवाज
भाद्र २ २०८२, सोमबार
धरानमा स्कुटरको ठक्करले पैदल हिँडिरहेकी महिलाको मृत्यु

धरानः धरानमा दुर्घटना हुँदा पैदल हिँडिरहेकी एक महिलाको मृत्यु भएको छ ।
धरान–१ पुरानो बजार (सुनसरी उद्योग वाणिज्य संघ) स्थित खण्डमा भेडेटारबाट भानुचोकतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०१८ प ६५२४ नम्बरको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिन पुगेको थियो । बाटो क्रस गर्दै गरेकी स्थानीय ५८ वर्षीय सरिता विकलाई ठक्कर दिई दुर्घटना हुँदा उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।
तत्कालै उपचारका लागि धरानस्थित बीपी प्रतिष्ठान लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नर्सिङ होम विराटनगर पठाइएको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्कुटर र चालक इटहरी उपमहानगरपालिका ४ बस्ने १८ वर्षीय चिरन्जीवी गुरुङ इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । ती महिलाको शव धरानस्थित बीपी प्रतिष्ठानमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: भाद्र २ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend