धरानः धरानमा घरको छतबाट लडेर एकजनाको ज्यान गएको छ ।
धरान-१५ महादेव चौक बस्ने ५५ वर्षीय डम्वरबहादुर लिम्बूको आफ्नै घरको तीनतला माथि छतबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ । अस्थायी प्रहरी चौकी श्यामचौकका प्रहरी वरिष्ठ हवल्दार गुलावचन सरदारका अनुसार छतबाट लडेर घाइते बनेका लिम्बूलाई तत्कालै उपचारका लागि धरानस्थित बीपी प्रतिष्ठान भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अनुहार र शरीरको विभिन्न भागमा चोट लागेको पाइएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक जीवन कुँवरले जानकारी दिए । थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा भएको उनले जानकारी दिए । घटना बुधबार दिउँसोको हो । उनको साँझ ६ बजे उपचारका क्रममा निधन भएको हो ।