Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानबाट पोखरा हिँडेको यात्रुबाहक बसभित्र गुडियामा लुकाएर गाँजा लाँदै गर्दा प्रहरी फन्दामा, एकजना समातिए

हाम्रो कोशी आवाज
भाद्र ६ २०८२, शुक्रबार
धरानबाट पोखरा हिँडेको यात्रुबाहक बसभित्र गुडियामा लुकाएर गाँजा लाँदै गर्दा प्रहरी फन्दामा, एकजना समातिए

धरानः धरानबाट पोखरा हिँडेको बसभित्र गुडियाभित्र लुकाएर गाँजा लाँदै गर्दा पक्राउ परेका छन् ।
सुनसरी प्रहरीले गुडियाभित्र लुकाइएको ठूलो परिमाणमा गाँजा बरामद गरी लाँदै गर्ने एक व्यक्ति समेत पक्राउ परेका छन् । पक्राउ पर्नेमा बसमा सवार धनकुटा सहिदभुमी गाँउपालिका वडा नं. ७ बस्ने ५० वर्षीय रुद्रबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।
उनका अनुसार भदौ ५ गते साँझ करिब ६ः३० बजे कोशी गाउँपालिका–७ हरिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको टोलीले धरानबाट पोखरा जाँदै गरेको ग१ख २१८७ यात्रुबाहक बस रोकी चेकजाँच गर्दा बसको डिक्कीभित्र सात वटा डल (गुडिया) फेला पारिएको छ ।
ती डलहरू खोलेर जाँच हेर्दा १०.९४ किलोग्राम (दश किलोग्राम नौ सय चालिस ग्राम) तौल भएको गाँजा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ । प्रहरीले बसमा समेत लागूऔषध चेकजाँच गर्दै आएको जनाएको छ । प्रहरीले लागूऔषध नियन्त्रणलाई प्राथमिकतामा राख्दै प्रहरीले विशेष सूचनाको आधारमा निगरानी बढाएको समेत जनाएको छ ।

प्रकाशित मिति: भाद्र ६ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend