धरानः धरान–१४ विजयपुरमा टेम्पो र मोटरसाइकल एक आपसमा जुध्दा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धरान–१४ निवासी सन्दीप मगर रहेको प्रहरीले जनाएको छ । विजयपुर चौकदेखि मास्तिर बुढासुब्बा जाने र नारायणपुर जाने समीको रुख नजिकै को१ह ६०१९ नम्बरको टेम्पो र को३७प ७९८६ नम्बरको मोटरसाइकल एक आपसमा जुध्न पुगेका थिए । मोटरसाइकल चालक धरान–१४ बस्ने ३२ वर्षी सन्दीपको उपचारका लागि धरानस्थित बीपी प्रतिष्ठान लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
टेम्पो चालक धरान–१४ बस्ने ३१ वर्षीय अविनास तामाङलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक जीवन कुँवरले जानकारी दिए ।