Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको पिण्डेश्वरमा तीज गीतमा दिल खोलेर नाचे महिला (१३ तस्वीरसहित)

हाम्रो कोशी आवाज
भाद्र १० २०८२, मंगलबार
धरानको पिण्डेश्वरमा तीज गीतमा दिल खोलेर नाचे महिला (१३ तस्वीरसहित)

धरानः आज भाद्र शुक्ल तृतीया अर्थात् हरितालिका तीज । नेपाली हिन्दू नारीहरुले आज भगवान शिवको पूजाराधना गरी तीज पर्व मनाए । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास रही आएको छ ।
धरानको एकमात्र शक्तिपीठको रुपमा रहेको पिण्डेश्वर महादेव मन्दिरमा ब्रतालु महिलाहरुको घुइँचो लागेको छ । धरान वडा नं १४ को आयोजनामा गरेको तीज विशेष कार्यक्रममा हजारौको संख्यामा ब्रर्तालु महिला दिदिबहिनीहरुको घुइँचो लाग्यो ।
त्यहाँ नारी स्वतन्त्रताको प्रतीककारूपमा रहेको यस पर्वमा सौभाग्यका प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिला उपस्थित थिए । उनीहरुले तीज गीतमा खुब जमेर दिल खोली नाचेका थिए । तीजको दिनमा महिलाहरुले व्रत बसी पूजा आराधनाका साथै नाचगान गरेर यो पर्व मनाउने गर्दछन् ।
वर्षभरि चुलाचौका घर व्यवहारमा कुजिँएका महिलाहरु तीजमा सम्पूर्ण व्यस्तता त्यागेर स्वतन्त्र र उन्मूक्त भएर नाच गान अनि रमाइलो गर्दछन् । कुनै समय हिन्दु महिलाहरूले मात्र मनाउने तीज आजकल अन्य जाति जनजातिले समेत मनाउने गरेका छन् । धरान आदिवासी जनजातिको शहर भएपनि संस्कार सस्कृति मनाउने कुरामा स्वतन्त्र र धनी छ ।
विभिन्न संघ संस्था र समूह अनि राजनीतिक दलका भातृ संघ संगठनहरुले पनि तीज उत्सव भव्यताको साथ मनाउने गरेका छन् । धरानका टोल टोलमा दिदीबहिनीहरुको सक्रियतामा सामूहिक रुपमा तीज उत्सवको आयोजना गरिन्छ ।
सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले बाल्यकालदेखि ‘श्री महादेव स्वामी पाऊँ’ भनी मनमनै कामना गरिरहेको भएपनि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान दिन तयारी गरेको थाहा पाइ सखीहरूले पार्वतीलाई हरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले श्री महादेव स्वामी पाऊँ भनी निर्जला व्रत बसेको हुनाले यसलाई हरितालिका व्रत भन्ने गरिएको पुराणमा वर्णन गरिएको छ ।
भाद्र शुक्ल द्वितीयाका दिन हिजो राति दर खाइ आज तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरूनधत्तीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ ।
तस्वीरहरूः लक्ष्मण थापा

प्रकाशित मिति: भाद्र १० २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend