Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भदौ १८ गतेदेखि ‘बोर्डिङ स्कुल’ बन्द गर्ने चेतावनी

हाम्रो कोशी आवाज
भाद्र १२ २०८२, बिहिबार
भदौ १८ गतेदेखि ‘बोर्डिङ स्कुल’ बन्द गर्ने चेतावनी

धरानः जिल्ला प्रशासन कार्यालय सुनसरीमा बिहीबार प्याब्सन र एनप्याब्सनमा आबद्ध विद्यालय सञ्चालक एवम् शिक्षकहरूले आन्दोलन गरेका छन् । बाक्लो संख्याको सुरक्षाकर्मीको घेराबन्दीबीच शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन् ।
निजी विद्यालय सञ्चालकहरू र शिक्षकहरू सरकारले निजी सञ्चालकविरुद्ध ल्याएको विधेयकका विरुद्धमा छन् । सरकारले विद्यालय शिक्षा विधेयकमा ल्याएको कतिपय व्यवस्थामा असन्तुष्टि जनाउँदै निजी विद्यालय संस्थाको छाता संगठन प्याब्सन र एनप्याब्सनले आन्दोलन जारी राखेका छन्। प्याब्सन सुनसरी अध्यक्ष थानेश्वर ढकालका अनुसार देशव्यापी रूपमा सुरु गरिएको आन्दोलनअन्तर्गत बिहीबार जिल्ला प्रशासन कार्यालयअघि आन्दोलन गरिएको हो ।
उनले पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाइनुपर्ने, विद्यालयहरूमा उत्पादन नहुने सामग्रीहरू पोसाक, स्टेसनरी, शैक्षिक सामग्री, खाना (खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने)जस्ता माग राखिएको बताए। ¥यालीपछि कोणसभा गरी सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) धर्मेन्द्रकुमार मिश्रलाई ज्ञापनपत्र बुझाइएको अध्यक्ष ढकालले बताए ।
निजी विद्यालय सञ्चालकहरूले आगामी असार १८ गतेसम्म पनि आफ्ना माग सुनुवाइ नभए विद्यालय बन्द गर्ने घोषणा गरेका छन्।
निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले दोस्रो चरणअन्तर्गत भदौ १८ सम्मका कार्यक्रम सार्वजनिक गर्दै आफ्ना माग पूरा नभए भदौ १८ देखि विद्यालय बन्द गर्ने चेतावनी बिहीबार दिएका हुन्।
विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै आन्दोलनरत निजी विद्यालय सञ्चालकहरूले कार्यक्रमको नयाँ तालिकाअनुसार विद्यालय बन्दको घोषणा गरेका हुन्।
निजी विद्यालयले गैरनाफामूलक र पूर्ण छात्रवृत्तिसम्बन्धी व्यवस्था विधेयकबाट हटाउन माग गर्दै आन्दोलन गरिरहेका छन्।
दोस्रो चरणका आन्दोलनका कार्यक्रम:
१) २०८२ भाद्र १२ गते बिहान ११ बजे हरेक जिल्ला सदरमुकाममा आन्दोलनरत सबै संस्थाको सदस्य विद्यालयहरूको अनिवार्य उपस्थितिमा बृहत खबरदारी सभा गर्ने। उपत्यकाको हकमा माइतीघर मण्डलामा भेला भई र्‍याली हुँदै कोण सभामा परिणत हुने।
(२) २०८२ भाद्र १४ र १५ गतेको आगामी कार्यक्रमका लागि आ–आफ्ना संस्थाहरूले व्यापक तयारी बैठक गर्ने।
(२) २०८२ भाद्र १६ गते विहान ११ बजे देशैभरिका स्कूलबसहरूमा कालोझण्डा/व्यानर सहित विद्यालयको पायक पर्ने चोकमा उतारी नगर परिक्रममा गर्ने। काठमाडौं उपत्यकाको हकमा २७ किमी चक्रपथ वरिपरि तथा जिल्लाहरूमा प्रतिघण्टा २० किमीको गतिमा भव्य याली गर्ने। उक्त यात्रीमा सबै सड़ठनका केन्द्रीय/प्रदेश/जिल्ला र पालिकाका सम्पूर्ण पदाधिकारी, सदस्यहरू तथा सबै विद्यालय सञ्चालक, प्रिन्सिपलज्यूहरूको अनिवार्य उपस्थिति हुनु पर्नेछ।
(४) २०८२ भाद्र १७ गते आगामी कार्यक्रमका लागि बा–आफ्ना संस्थाहरूले व्यापक तयारी तथा समिक्षा बैठक गर्ने।
(५) २०८२ भाद्र १८ गते बिहान ११ बजे हरेक जिल्ला सदरमुकाममा आन्दोलनरत सबै संस्थाहरूको सदस्य विद्यालयहरूको अनिवार्य उपस्थितिमा बहुत खबरदारी सभा गर्ने। उपत्यकाको हकमा माइतीघर मण्डलामा भेला भई र्‍याली हुदै कोण सभामा परिणत हुने।
(६) २०८२ भाद्र १८ गतेसम्म पनि हाम्रो मागको सकारात्मक सुनवाइ नभएमा अनिश्चितकालसम्मका लागि विद्यालय बन्दसम्मका कार्यक्रम घोषणा गर्ने। तस्वीरहरूः लक्ष्मण थापा

प्रकाशित मिति: भाद्र १२ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend