Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानकी सुब्बालाई राष्ट्रिय पुरस्कार

हाम्रो कोशी आवाज
भाद्र १२ २०८२, बिहिबार
धरानकी सुब्बालाई राष्ट्रिय पुरस्कार

धरानः राष्ट्रिय पुरस्कारद्वारा पूर्व सांसद् समेत रहेकी धरानकी मिना सुब्बालाई प्रदान गरिएको छ । नेपाली कांग्रेस धरान नगर समितिले उक्त पुरस्कारसहित सम्मान गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गत साउन ११ गते नेपाली कांग्रेसकी नेतृ एवं पूर्व संघीय सांसद् सुब्बालाई बीपी कोइराला राष्ट्रिय पुरस्कार २०८१ (राजनीतिक दर्शन विधातर्फ) द्वारा सम्मानित गरिएको थियो भने गत आइतबार नेपाली कांग्रेस धरान उपमहानगर समितिद्वारा आयोजित हरितालिका तीज कार्यक्रममा पनि कदर पत्रले सम्मानित गरेको छ ।
नगर समितिले नेपाली महिलाहरुको महान चाड हरितालिका तीज समावेशी पर्वको रुपमा भव्यताका साथ मनाएको छ । धरान –१२ स्थित गीत मन्दिरको प्राङ्गणमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतमले तीज पर्वको उद्घाटन गरेकी छिन् । कार्यक्रममा बोल्दै गौतमले कांग्रेस प्रजातान्त्रिक पार्टी भएकोले महिलाहरूलाई पनि समावेशी ढङ्गबाट अगाडि बढाउनुपर्नेमा जोड दिएकी छिन् ।
नेपाली कांग्रेस धरान नगर समितिका सभापति श्याम पाख्रेलको सभापतित्वमा र सह–सचिव शिला बज्राचार्यको संयोजकत्वमा मनाइएको तीज पर्वका अवसरमा संयोजक बज्राचार्यले स्वागत मन्तब्य राखेकी थिइन् । कार्यक्रममा कांग्रेस कोशी प्रदेशका महामन्त्री उमेश थापा, सम्मानित पूर्व संघीय सांसद सुब्बा, कोशी प्रदेश सांसद ममता तामाङ, सुनसरी जिल्ला सभापति केदार भण्डारी, उपसभापति नागेशचन्द्र राई, सचिव माधव घिसिङ, जिल्ला सचिव वीरेन्द्र साह, सुनसरी क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङ गोले, सुनसरी क्षेत्र नम्बर १ (१) का उपसभापति झुमादेवी राई, धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तिलक राई, पूर्व क्षेत्रीय सभापति विनोद राई र महासमिति सदस्य पर्वत राई लगायततका नेताहरुको उपस्थित रहेको थियो । औपचारिक कार्यक्रमपश्चात् महिलाहरूले तीज गीतमा प्रतियोगितात्मक नाच प्रदर्शन गर्दै खानपिन गर्दै नाचगान गरेर रमाएका थिए । नाचगान प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने सहभागीलाई पुरस्कार प्रदान गरिएको थियो । पहिलो हुने नेपाली कांग्रसको १४ नं. वडा समितिले ४ हजार, दोस्रो हुने ६ नंं वडा समितिले ३ हजार र तेस्रो हुने १२ नं. वडा समितिले २ हजार नगद प्राप्त गरेका थिए । कार्यक्रमको सञ्चालन नगर कोषाध्यक्ष पन्चकला राईले गरेकी थिइन् । -हाम्रो कोशी आवाज साप्ताहिकबाट

प्रकाशित मिति: भाद्र १२ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend