Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका सागर राईसहित दुई कैदीबन्दीको मृत्यु

हाम्रो कोशी आवाज
भाद्र १७ २०८२, मंगलबार
धरानका सागर राईसहित दुई कैदीबन्दीको मृत्यु

धरानः सुनसरीको झुम्का कारागारमा दुईजना कैदीको मृत्यु भएको छ । धरान–१० का २४ वर्षीय सागर राई र सुनसरीको गढी गाउँपालिका–६ का ४८ वर्षीय रामदेव उराँवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
राई लागूऔषध मुद्दामा पुर्पक्षका लागि गत वैशाखदेखि कारागारमा थुनामा थिए भने उराँव कर्तव्य ज्यान मुद्दामा २५ वर्षको सजाय भुक्तान गरिरहेका थिए ।
दुवैलाई श्वासप्रश्वासमा समस्या देखिएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए ।
राईको मंगलबार बिहान मृत्यु भएको कारागार प्रशासनले जनाएको छ भने उराँवको सोमबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी मिश्रले दुवैजना कैदी दीर्घरोगी रहेको बताएका छन् । लागूऔषध मुद्दामा पुर्पक्ष कैदमा रहेका राईलाई बान्ता हुने र शरीर नचल्ने समस्या आएपछि बीपी प्रतिष्ठानमा भर्ना गरिएको थियो । मृतक दुवै जनाको शव आफन्तले बुझेर लगेको जनाइएको छ ।

प्रकाशित मिति: भाद्र १७ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend