Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको विष्णु स्कुलका छात्रले कविता भनेरै जिते ४० हजार, राष्ट्रपतिद्वारा पुरस्कृत

हाम्रो कोशी आवाज
भाद्र १९ २०८२, बिहिबार
धरानको विष्णु स्कुलका छात्रले कविता भनेरै जिते ४० हजार, राष्ट्रपतिद्वारा पुरस्कृत

देशभरबाट उत्कृष्ट १० कविको रुपमा छनौट

धरानः धरान–९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयका छात्र नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा केही समयअघि आयोजित देशभरबाट खुल्ला कविता प्रतियोगितामा उत्कृष्ट १० कविको रुपमा छनोट भएका छन् ।
कक्षा–१० मा अध्ययनरत अत्यन्त मेधावी तथा अनुशासित छात्र शमुएल कोइराला विश्वकर्मा उत्कृष्ट १० छनौट भएको प्रिन्सिपल निलकुमार श्रेष्ठले जानकारी दिए । गत भदौ १६ गते सोमबार राष्ट्रपति कार्यालयमा आयोजित ‘सम्मान तथा पुरस्कार वितरण कार्यक्रम’ मा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा ताम्रपत्र तथा नगद ४० हजार रुपैयाँसहित उनी पुरस्कृत समेत भएका छन् ।
नेपाल प्रज्ञा–प्रतिष्ठानको ६८ औं वार्षिकोत्समा आयोजित राष्ट्रिय कविता महोत्सव–२०८२ का उत्कृष्ट १० जना कविलाई राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा जनही ४० हजार र कदरपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले मुलुकको समृद्धिका लागि भौतिक विकाससहित साहित्य, कला, सङ्गीत, सांस्कृति र प्राज्ञिक क्षेत्रको विकास पनि उत्तिकै अपरिहार्य रहेको बताए । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव, २उनले नेपालका विभिन्न भाषा, जाति र अनेकौंं संस्कृतिहरूको साझा थलो भएको बताए । ‘संसारको सर्वोच्च शिखर सगरमाथालगायतका उच्च हिमशृङ्खलाले सुशोभित, शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि अनि कहिल्यै पराधीन नभएको स्वाधीन र स्वतन्त्र देश नेपाललाई विश्वसामु चिनाउने काममा नेपाल प्रज्ञा– प्रतिष्ठानको महत्त्वपूर्ण भूमिका रहन्छ ।’ उनले भने, ‘नेपाली जनताको लामो त्याग र संघर्षबाट प्राप्त उपलब्धिलाई प्राज्ञिक रूपमा स्थापित गर्ने दायित्व पनि नेपाल प्रज्ञा– प्रतिष्ठानकै भएको बताउँदै प्रज्ञा–प्रतिष्ठानले आफ्नो दायित्व कुशलतापूर्वक बहन गर्न सक्षम र सफल हुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।’
पुरस्कृत कविहरूमा सिरहाका अविनाश भट्टराई, मोरङका कर्ण सञ्जय, मकवानपुरका किशन पौडेल, लमजुङकी गोमा श्रेष्ठ, नवलपरासीका चन्द्रमणि चापागाईं, रुकुम पश्चिकी तुलसी केसी, मकवानपुरकी मिरमा (रमा सुवेदी), सुनसरीका शमुएल कोइराला, ललितपुरका सन्ध्या महर्जन र चितवनको सिर्जन अविरल रहेका छन् ।
कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले राष्ट्रिय कविता महोत्सवको प्रथम, द्वितीय र तृतीय गरी ५ जना पुरस्कृत हुने ढाँचालाई परिवर्तन गरेर उत्कृष्ट १)छनौट गर्ने प्रकृया अपनाएको बताए । यसमा ५ जना नेपाली भाषा र ५ जना मातृभाषाका कविका कविता पुरस्कृत हुँदै आएको उनले बताए । नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य पद्य, काव्य विभाग प्रमुख बाबा बस्नेतले स्वागत मन्तव्यका क्रममा राष्ट्रिय कविता महोत्सव २०८२ मा इमेल र प्रत्यक्ष गरी ७८० वटा कविता प्राप्त भएका र त्यसबाट प्रकृयागत छनौटबाट उत्कृष्ट १० वटा कविता छानिएको बताए । उनले यस्ता महोत्सवले प्रतिभाहरूलाई सशक्त र ऊर्जाशील बनाउने धारणा व्यक्त गरे । कार्यक्रमको उद्घोषण गर्दै प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले प्राज्ञिक समृद्धि, भाषा, साहित्य र संस्कृतिको विकासमा प्रतिष्ठानले पुरयाएको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै २०२२ सालदेखि हुँदै आएको राष्ट्रिय कविता महोत्सवको प्रभावले राष्ट्रियस्तरमै सशक्त र प्रतिनिधिमूलक कविहरू देखा परेको चर्चा गरे ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट पुरस्कृत भएपछि सामूहिक तस्वीर खिचाउँदै शमुएल (वायाँबाट चौथो) ।

प्रकाशित मिति: भाद्र १९ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend