Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको भाटभटेनीमा चारजनाको मृत्यु, जलेको अवस्थामा शव भेटियो

हाम्रो कोशी आवाज
भाद्र २७ २०८२, शुक्रबार
धरानको भाटभटेनीमा चारजनाको मृत्यु, जलेको अवस्थामा शव भेटियो

धरान धरानको भाटभटेनी सुपरमार्केटमा भदौ २४ गते भएको आगजनी र लुटपाटमा संलग्न चार जनाको जलेर मृत्यु भएको पुष्टि भएको छ। इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक जीवन कुँवरका अनुसार उनीहरू सबै आगजनी र चोरीका लागि भित्र पसेका थिए।
मृत्यु भएको शव खरानी भएको अवस्था शरीरका केही अंग मात्र फेला पारिएको प्रहरीले बताएको छ। भानुचोकमा जेन्जी समूहले आन्दोलत स्थगित भएर सबै घर हिँडेको अवस्थामा अराजक समूहले बन्द रहेको भाटभटेनीको सटर फोडी पेट्रोल खन्याएर आगो लगाएका थिए । आगो तीव्र गतिमा फैलिँदा उनीहरू भित्रै फसेर जलेका थिए। तीनजनाको शव चौथो तलामा र एक जनाको शव दोस्रो तलामा भेटिएको वडा प्रहरी कार्यालय धरानका प्रमुख रुद्रबहादुर खड्काले बताए। प्रहरीले जनाएको अनुसार शवहरू पूर्ण रूपमा जलेको अवस्थामा भेटिएका छन् । उनीहरूको शरीरको केही अंश मात्र फेला परेका छन् ।  ‘मृतकको शरीर सबै जलेको र अस्तु मात्रै भेटिएकाले को हुन् भन्नेबारे खुल्न बाँकी छ,’ प्रहरी निरीक्षक जीवन कुँवरले भने, ‘प्रहरीले कानुनी प्रक्रिया पूरा गरेर अस्तु नियन्त्रणमा लिएको छ।’
यसअघि शुक्रबार बिहान भाटभटेनीको दोस्रो तलामा एक जनाको जलेको शव भेटिएको थियो भने दिउँसो चौथो तलामा थप तीनजनाको शव फेला परेको हो। मृतकहरूको पहिचान भने खुल्न बाँकी छ।
आगो तीव्र गतिमा फैलिएपछि उनीहरू बाहिर निस्कन सकेनन् । भाटभटेनीको देशभर रहेका स्टोमध्ये ११ वटा स्टोर र मुख्य गोदाम पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । कोशी प्रदेशमा रहेको भाटभटेनीका विर्तामोड, दमक, विराटनगर, धरानमा रहेका स्टोरहरू पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । सबै शवको मुचुल्का उठाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: भाद्र २७ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend