धरानः धरानका सरकारी तथा निजी विद्यालयहरू भोलिदेखि खुल्ने भएका छन् ।
प्रतिकूल मौसमका कारण विद्यालय आफैं बन्द भएका थिए । परिस्थिति सामान्य बन्दै गएकोले आइतबारदेखि पूर्ववतरुपमा पठनपाठन सञ्चालन गर्न शिक्षा महाशाखा धरानले जनाएको छ । गत २४ गतेदेखि धरान उपमहानगरपालिकाभित्र सञ्चालित सबै विद्यालयहरुको पठनपाठन बन्द भएको थियो । जेन जी को आन्दोलनले गर्दा स्कुल लाग्न सकेको थिएन ।
