धरानः धरानमा रुखबाट लडेर एकजनाको ज्यान गएको छ ।
धरान–१७ पटनालीका ८२ वर्षीय पूर्ण शंकर राईको घाँस काट्ने क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए ।
धरान–१७ बेलपानीस्थित जंगलमा घाँस काट्ने क्रममा करमको रुखबाट लडेका उनको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए । प्रहरी निरीक्षक ठाकुर र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस धरानबाट सहायक प्रहरी नायव निरीक्षक हर्कबहादुर विश्वकर्माको कमाण्डमा संयुक्त टोलीले सबै कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि बीपी प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ ।