धरानः धरान उपमहानगरपालिकाको नगरसभा आउँदो असोज ४ गते हुने भएको छ ।
बिहीबार बसेको कार्यपालिका बैठकले सो निर्णय गरेको हो । नगरसभाबाट नीति तथा कार्यक्रम पारित गर्ने कार्यक्रम छ । आव २०८२–८३ को लागि कुल आय २ अर्ब २० करोड ७४ लाख ५९ हजार रहेको छ भने कुल व्यय अनुमान २ अर्ब ३० करोड ७४ लाख ५९ हजारको बजेटको यसअघि नै ‘सिलिङ’ पारित भएको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले बताए ।
असार मसान्तभित्र आइसक्नुपर्ने बजेट ढिलो गरी आएको हो । यसैगरी बैठकले जेनजी आन्दोलनका क्रममा सहिद भएका धरान–५ निवासी साजन मेवाहाङ राईको परिवारलाई राहतस्वरूप ५ लाख दिने निर्णयसमेत गरेको छ भने कार्यपालिका सदस्य सिर्जना नेपाललाई सहयोग गर्ने विषयमा अर्को कार्यपालिका बैठकले निर्णय गर्ने जनाइएको छ । ५ लाख रूपैयाँको शैक्षिक कोष स्थापना गर्ने निर्णय भएको हो ।
समयमै बजेट नआउँदा विकास निर्माणलगायतका काम अघि बढ्न सकेको छैन ।