धरानः धरानमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
धरान-११ हिमाली मार्ग बस्ने ५० वर्षीय धर्मराज राईको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए ।
गमलामा पानी हाल्नको लागि मोटर अन गर्ने क्रममा करेन्ट लागेर घाइते बनेका राईको उपचारका लागि तत्कालै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरिएको उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।