Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा धारिलो हतियार प्रहार, दुईजनामध्ये एकजना गम्भीर, तत्कालै खुकुरीसहित एकजना समातिए

हाम्रो कोशी आवाज
असोज ६ २०८२, सोमबार
धरानमा धारिलो हतियार प्रहार, दुईजनामध्ये एकजना गम्भीर, तत्कालै खुकुरीसहित एकजना समातिए

धरानः धरानमा धारिलो हतियार प्रहारबाट दुईजना घाइते बनेका छन् ।
धरान-१७ बस्ने २० वर्षीय निशान राईलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा केही युवाहरु पुगेर धारिलो हतियार प्रहार गरी फरार रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
धरान-१७ कै २१ वर्षीय ओविन राई र सुजन तामाङ, धरान-११ बस्ने बोबो लिम्बू र धरान-११ कै हडबडे समेतले धारिलो हतियार प्रहार गरी उनलाई घाइते बनाएको प्रहरीले जनाएको छ । प्रहरी सहायक निरीक्षक राजीव राईको कमाण्ड प्रहरी टोली खटी गई घाइते निशान राईलाई उपचारको लागि बीपी प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ । घाइते राईको पेट, ढाड र बायाँ कुम, कुहिना, नाडी र दायाँ हातको कुहिनामामा चोट रहेको साथै अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
यसैबीच धारिलो हतियार प्रहार गरी भागेका धरान-१७ कै ओविन राई खुकुरीसहित पक्राउ परेका छन् । उनको टाउको र बायाँ हातको चोरी औंलामा चोट रहेको प्रहरीले जनाएको छ । धरान-११ बस्ने २२ वर्षीय देवान राईलाई अनुसन्धानको लागि नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अन्य धारिलो हतियार प्रहार गर्नेको खोजी कार्य तीब्र पारिएको प्रहरीले जनाएको छ ।
यस्तै, धरान-१७ डाँडाघोपामा २२ वर्षीय सुवास राई आफ्नै घरमा बसिरहेको अवस्थामा धरान-१७ चारघरे बस्ने २३ वर्षीय चाचा भन्ने व्यक्तिसहित २–३ जनाको समूहमा आई सुवास राईलाई धारिलो हतियार प्रहार गरेका छन् । उनको दुवै हातको नाडी र कम्मरमा समेत चोट लागेको छ । उनको धरानस्थित बीपी प्रतिष्ठानमा उपचार भइरहेको छ ।
हतियार प्रहार गर्ने व्यक्तिको खोजी कार्य तीब्र भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगुले जानकारी दिए ।

प्रकाशित मिति: असोज ६ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend