Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा पैदल हिँडिरहेकी महिलालाई टिपरले ठक्कर दिँदा मृत्यु

हाम्रो कोशी आवाज
असोज १० २०८२, शुक्रबार
धरानमा पैदल हिँडिरहेकी महिलालाई टिपरले ठक्कर दिँदा मृत्यु

धरानः धरानमा टिपरको ठक्करले एकजना महिलाको मृत्यु भएको छ ।
पैदल हिँडिरहेकी महिलालाई टिपरले ठक्कर दिँदा ती महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको परिचय भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
धरानबाट इटहरीतर्फ जाँदै गरेको को१ख ७५०९ नम्बरको टिपरले कोशी लोकमार्गमा पैदल हिँडिरहेकी करिब ३४–३५ वर्षीया महिलालाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालक मोरङ केरावारी गाउँपालिका–६ बस्ने ५२ वर्षीय सोमबहादुर सुन्दासलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: असोज १० २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend