Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

जेनजी आन्दोलनका क्रममा भागेका कैदी धरानमा घरैबाट समातिए

हाम्रो कोशी आवाज
असोज १० २०८२, शुक्रबार
जेनजी आन्दोलनका क्रममा भागेका कैदी धरानमा घरैबाट समातिए

धरान : गएको भदौ २४ गते जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका तीन कैदी धरानमा घरैबाट पक्राउ परेका छन्।
प्रदेश प्रहरी कार्यालय धरान र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले फरार कैदीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–४ बस्ने ४२ वर्षीय सन्दीप थापा, धरान–१५ बस्ने ३२ वर्षीय सुनील श्रेष्ठ र सोही ठाउँका २९ वर्षीय लक्की गरुङ रहेका छन्।
तीनै जना लागूऔषध मुद्दामा सजाय भोगिरहेका कैदी भएको प्रहरीले जनाएको छ। पक्राउ परेका कैदीहरूलाई पुनः झुम्का कारागार पठाइएको छ।

प्रकाशित मिति: असोज १० २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend