धरानः धरानमा सिटी फुटबल क्बलबले पहिलो संस्करणका रुपमा आगामी कार्तिकको अन्तिम साता क्लबस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
क्लबस्तरीय प्रतियोगिताबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले ‘धरान सिटी क्लबले क्लबस्तरीय प्रतियोगिता’ को आयोजना गर्ने भएको हो । कार्तिक २२ गतेदेखि २९ गतेसम्म आयोजना गरिने आयोजक संस्थाका अध्यक्ष विवेक राईले पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतियोगिता यस अगाडि नै अर्थात् भाद्र २८ गतेदेखि असोज ४ गते गर्ने तय गरेको भए पनि जेनजीको आन्दोलनका कारण प्रतियोगिता गर्ने वातावरण खल्बलिएपछि प्रतियोगिता सार्नुपरेको अध्यक्ष राईको भनाई छ ।
प्रतियोगितामा ८ धरानका ८ वटा क्लबले भाग लिने भएका छन् । प्रतियोगितामा विजेता टिमले १ लाख र उपविजेता टिमले ५० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पदान गरिने अध्यक्ष राईले जानकारी दिँदै थपमा अध्यक्ष राईले प्रत्येक खेलका म्यान अफ द म्याच घोषित खेलाडीलाई १ हजार ५ सय प्राप्त गर्नेछ भने अन्य व्यक्तिगत पुरस्कारमा जनही ३ हजारसमेत प्रदान गरिने बताए ।
प्रतियोगिता सम्पन्न गर्न अनुमानित ५ लाख खर्च लाग्ने जानकारी आयोजक अध्यक्ष राईले दिए भने खेल वडा नम्बर – १६ स्थित रंगशालामा हुने जानकारी आयोजकले दिएको छ ।
