धरानः धनकुटाबाट धरानतर्फ सब्जी लिएर आउँदै गरेको मिनी ट्रक दुर्घटनामा सहचालकको मृत्यु भएको छ ।
कोशी लोकमार्गअन्तर्गत साँगुरीगढी गाउँपालिका–९ स्थित पाँचगोलाइमा सोमबार बिहान ट्रक दुर्घटना हुँदा सह–चालक उदयपुरगढी गाउँपालिका ९ का २६ वर्षीय नारायण खड्का रहेको प्रहरीले जनाएको छ ।
चालक १९ वर्षीय दिनेश क्षेत्री गम्भीर घाइते भएको र उनको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्र–३–०१–००३ क ६९०६ नम्बरको मिनी ट्रक सडकबाट अनियन्त्रित भई करिब ३०० मिटर तल खसेको थियो ।
घाइते बनेका चालक र सहचालकलाई अस्पताल लगिएको र सहचालक खड्काको बिहान ६ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका सह(प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार उक्त ट्रक ब्रेक फेल भई सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो।