Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा अटोमा भेटियो ठूलो परिमाणमा लागूऔषध, चालकसहित दुईजना समातिए

हाम्रो कोशी आवाज
असोज २८ २०८२, मंगलबार
धरानमा अटोमा भेटियो ठूलो परिमाणमा लागूऔषध, चालकसहित दुईजना समातिए

धरानः धरानमा अटोमा ठूलो परिमाणमा लागूऔषध फेला परेपछि दुईजना समातिएका छन् ।
धरान-१७ पटनाली हरिण खोलाबाट उनीहरू पक्राउ परेका हुन् । लागूऔषध ओसार पसार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोलीले ऐ. स्थित धरानबाट चतरातर्फ जाँदै गरेको प्र.१–०५–००१ ह ०१४७ नम्बरको अटोलाई रोकेर चेकजाँच गर्दा लागूऔषध फेला परेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
कानुन बमोजिम चेकजाँच गर्दा सो अटोमा सवार जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नं. ७ बस्ने १९ वर्षीय दीपक मगरले कालो झोलामा लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा लागूऔषध ट्रामाडोल–३९९० ट्याब्लेट र डिकोलिक–३९९० ट्याब्लेट फेला परेको थियो । लागूऔषध र अटोसहित निज दीपक मगर र अटो चालक वडा नं. १० बस्ने ३३ वर्षीय फिरोज मोहमदलाई समेत नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असोज २८ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend