Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका पत्रकार रणध्वज लोहार मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते

हाम्रो कोशी आवाज
असोज २९ २०८२, बुधबार
धरानका पत्रकार रणध्वज लोहार मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते

धरानः मोटरसाइकल दुर्घटनामा परेर पत्रकार रणध्वज लोहार (विक) गम्भीर घाइते भएका छन् ।
मंगलबार राति साढे ९ बजे मोटरसाइकल दुर्घटना हुँदा उनी घाइते भएको प्रहरीले जनाएको छ । आफ्नो नियमित काम सकेर घर फर्किने क्रममा धरान–६ पानबारीस्थित मदन भण्डारी राजमार्गको छतिवन चोकमा जाँदै गरेको को२१प ५५८५ नम्बरको सुजुकी कम्पनीको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो । धरान–६ घोपाली टोल बस्ने ४५ वर्षीय उनको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।
उनको हाल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको र अस्पतालको आइसियु कक्षमा उपचार भइरहेको छ । उनको शीघ्र स्वास्थ्य लाभको कामना ।

प्रकाशित मिति: असोज २९ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend