Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा अब विद्यार्थीले बोलेरै, गाएरै र नृत्य देखाएर एक लाख नगद पाउने, निःशुल्क कलेज पढ्न पाइने

हाम्रो कोशी आवाज
असोज ३१ २०८२, शुक्रबार
धरानमा अब विद्यार्थीले बोलेरै, गाएरै र नृत्य देखाएर एक लाख नगद पाउने, निःशुल्क कलेज पढ्न पाइने

धरानः धरानमा ‘एसइई आइडल’ को तयारी थालिएको छ । कोशी प्रदेशकै प्रतिष्ठित प्रतियोगिता मानिएको ‘एसइई आइडल’ धरानमा वर्षेनी हुँदै आएको छ ।
‘शिक्षाका लागि सङ्गीत’ भन्ने मूल नाराका साथ २०७५ सालदेखि कोशी प्रदेशमै प्रतिष्ठित प्रतियोगिता आयोजना फक्ताङलुङ मिडिया हाउस प्रालिले आयोजना गर्दै आएको छ । पाँचौं संस्करणसम्म आइपुग्दा प्रतिष्ठित बनिसकेको प्रतियोगिताको छैटौं संस्करणको थालनी भएको हो । कोशी प्रदेशभरीका बालबालिकामा लुकेर रहेको प्रतिभा बाहिर ल्याउन प्रतियोगिता आयोजना गरिएको मिडिया हाउस प्रा.लि.का अध्यक्ष डम्बरकुमार तुम्बापोले जानकारी दिए ।
गायन, नृत्य, वाककला अर्थात् बोल्ने कलाको प्रतिभा देखाउने विद्यार्थीले प्रदेशमै यस वर्षदेखि आकर्षक नगद पुरस्कार पाउने पनि उनले जानकारी दिए । ‘गायन र नृत्यसँगै वाककला (स्पीच) मा भाग लिने विद्यार्थीले यस वर्ष दोब्बर नगद पुरस्कार व्यवस्था गरेका छौं ।’ उनले भने । उनका अनुसार यसअघिका वर्षमा गायन र नृत्य विधाका बिजेतालाई नगद ५० हजार र वाककलाका बिजेतालाई ६० हजार रुपैयाँ प्रदान गर्दै आएकोमा यस वर्ष दोब्बर बनाएर गायन, नृत्य र वाककलाका बिजेता विद्यार्थीलाई नगद १ लाख प्रदान गरिनेछ ।
बिजेताले नगदसहित प्लस टु अध्ययनका लागि २ देखि ४ लाख बराबरको पूर्ण छात्रवृत्ति, वारिष्टा तालिममा ९० प्रतिशत छात्रवृत्ति, विविध गिफ्ट ह्याम्पर, र मुस्ताङ तथा सिक्किम भ्रमण गर्न पाउने भएका छन् ।
यस्तै, फस्ट रनरअपले नगद ३० हजार, सेकेन्ड रनरअपले नगद २० हजार नगदसहित छात्रवृत्ति र गिफ्ट हयाम्पर प्राप्त गर्नेछन् । त्यस्तै, शीर्ष १० फाइनलिस्टले पनि प्लस टुमा १०० प्रतिशत छात्रवृत्ति तथा वारिष्टा तालिममा ५० प्रतिशत छात्रवृत्ति पाउने कार्यक्रम संयोजक रामबहादुर लिम्बूले जानकारी दिए । यी पुरस्कार प्रत्येक प्रतियोगितामा भाग लिने विद्यार्थीका लागि लागू हुने उनले सुनाए । यसका साथै विभिन्न सब–टाइटलहरू पनि प्रदान गरिने कार्यक्रम संयोजक लिम्बू बताउँछन् ।
अनलाइन फारम एफटिएल अनलाइन टिभीमा राखिने जनाइएको छ भने डिजिटल अडिसनमार्फत पनि सहभागीले भाग लिने पाउने व्यावस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा भाग लिन चाहने एसईईको तयारीमा लागेका विद्यार्थीहरूले फारम भर्न सक्नेछन् । फारम शुरु भइसकेको कार्यक्रम संयोजक लिम्बू बताउँछन् । ‘एकल गायन, नृत्य र वाककला नेपाली पर्व तिहारको फुसर्दिलो समयमा विद्यार्थीको अभ्यास हुन्छ भनेर आजैबाट पत्रकार सम्मेलनसँगै फारम वितरण शुरु गरेका छौं,’ उनले भने । एसईई परीक्षा सकिएलगत्तै अडिसन प्रक्रिया शुरु हुने उनले बताए । उनका अनुसार फिजिकल र डिजिटल दुवै विधिबाट अडिसन गरिनेछ । अनलाइन फारम आधिकारिक फेसबुक पेज फक्तालुङ मिडिया हाउसमा पनि उपलब्ध हुनेछ । साथै, म्युजिक भिडियो बनाएर पठाई पनि नाम दर्ता गर्न सकिनेछ ।
अध्यक्ष तुम्बापोका अनुसार प्रतियोगिको छनौट प्रक्रियाको लागि ४० प्रतिशत भोटिङ सिस्टम राखिएको छ भने ५० प्रतिशत जज, पब्लिक च्वाइस र अनुशासनलाई अनिवार्य गरिएको आयोजकले जनाएको छ । यस वर्ष कोशी प्रदेशका १४ जिल्लामै अडिसन राखिने आयोजकले जनाएको छ । अडिसन एसईई परीक्षा लगत्तै शुरु हुनेछ । अडिसनमा सहभागी प्रतिभावान विद्यार्थीले फारम भर्नुपर्ने हुन्छ । फारम निःशुल्क वितरण गरिने र ट्रेनिङको कुनै शुल्क नलिइने आयोजकले जनाएको छ ।
विशेषतः प्रतियोगिता गरिसकेपछि कतिपयले पुरस्कार समेत नदिने गरेको गुनासो समेत आउने गरेको छ तर यो प्रतियोगिताका बिजेताले भने समयमै नगद पुरस्कार समयमै पाउनेदेखि निःशुल्क पढ्ने अवसर समेत पाउने आयोजकले जनाएको छ । ‘यी तीनवटा प्रतियोगितात्मक कार्यक्रमले विद्यार्थीको प्रतिभा प्रदर्शनका लागि थोरै भएपनि अवसर प्रदान गर्ने विश्वास हामीले लिएका छौं ।’ अन्त्यमा अध्यक्ष तुम्बापोले प्रष्टयाए ।

प्रकाशित मिति: असोज ३१ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend