Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा तालिमप्राप्त कुकुरसहित चेकिङ

हाम्रो कोशी आवाज
कार्तिक २ २०८२, आइतबार
धरानमा तालिमप्राप्त कुकुरसहित चेकिङ

धरानः धरान उपमहानगरपालिकामा तालिम प्राप्त कुकुरबाट सुरक्षा चेकिङमा कडाइ गरिएको छ । चाडपर्व शुरु भएसँगै अपराधजन्य घटना घट्न नदिनका लागि सुरक्षामा कडाइ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईले बताए ।
धरान–८ तीनकुनेस्थित कोशी लोकमार्गमा चाडपर्वलाई मध्यनजर गर्दै सवारी साधनहरुमा लुकाइछिपाइ बिष्फोटक पदार्थ, लागूऔषध तथा अन्य अवैध चिज वस्तुहरु समेत ओसारपसार हुन सक्ने भएकोले यात्रुहरुको सुरक्षालाई समेत ध्यानमा राखी कोशी प्रदेश प्रहरी कार्यालय केनाइन शाखा धरानले कडाइ गरेको हो ।
दुईवटा कुकुरसहितको डग स्निफिङ र इप्रका धरान र ट्राफिक प्रहरीको संयुक्त कमाण्डमा २० जनाको टोलीले संयुक्तरुपमा चेकिङ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी राईले जानकारी दिए ।
प्रहरीका अनुसार चाडपर्वमा भीडभाड र यात्रु आवागमन बढ्ने हुँदा सम्भावित आपराधिक क्रियाकलाप रोकथामका लागि यो अभियान सञ्चालन उनले जानकारी दिए । तालिम प्राप्त कुकुर ल्याएर सार्वजनिक सवारीसाधन र धरानका शंकास्पद स्थानमा सुरक्षा चेकिङलाई अगाडि बढाइएको समेत उनले जानकारी दिए ।
चाडपर्वमा हुने गम्भीर प्रकृतिका अपराध हुन नदिन कुकुरसहितको प्रहरी चेकजाँचलाई निरन्तरता दिइरहने उनले जानकारी दिए । चाडपर्वमा सवारी साधनहरूमा लुकाइ छिपाइ विष्फोटक पदार्थ, लागूऔषध तथा अवैध हातहतियारसमेत ओसारपसार हुनसक्ने सम्भावना भएकोले यात्रुहरूको सुरक्षासमेतलाई ध्यानमा राखेर चेकजाँच गर्दै आएको डिएसपी राईले जानकारी दिए ।
उनका अनुसार साथै, कुटपिट, चोरी, डकैती, पाकेटमारी, लुटपाट, जुवा, अवैध मदिरा बिक्री, आगजनी, विष्फोटन, तस्करी, चोरी, निकासी, दुर्घटना, ठगी, ट्राफिक नियमको उल्लघंनजस्ता क्रियाकलाप हुनसक्ने साथै मानिसहरूको बढी भीडभाड हुने स्थानहरू, मठ मन्दिर, गुम्बा, व्यापारिक केन्द्र, बैंक तथा सुन पसलमा उच्च निगरानी राखिँदै आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: कार्तिक २ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend