Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा डुबेर गयो नाबालिकाको ज्यान

हाम्रो कोशी आवाज
कार्तिक ३ २०८२, सोमबार
धरानमा डुबेर गयो नाबालिकाको ज्यान

धरानः धरान-१९ दीपेन्द्र चोकस्थित पोखरीमा डुबेर एकजना नाबालिकाको ज्यान गएको छ ।
स्थानीय बुद्धिबहादुर तामाङकी २ वर्षीया छोरी युमी तामाङको डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । आइतवार बिहान खेल्ने क्रममा घर नजिकैको पोखरीमा डुबेर उनको निधन भएको प्रहरीले जनाएको छ ।
आफ्नै घरमा बिरालोको बच्चासँग खेल्ने क्रममा सो बिरालोको बच्चा आफ्नै घरमा माछा पाल्न बनाएको पोखरीमा छिरेको र बिरालोको बच्चा निकाल्न जान खोज्दा निज बच्चा सोही पोखरीमा डुबी घाइते भएकी थिइन् । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका लागि लगिएको र चिकित्सकले चेकजाँचका क्रममा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: कार्तिक ३ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend