Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा छठ पर्वमा छायो उल्लास, सर्दु र सेउतीमा यस्तो भीड

हाम्रो कोशी आवाज
कार्तिक १० २०८२, सोमबार
धरानमा छठ पर्वमा छायो उल्लास, सर्दु र सेउतीमा यस्तो भीड

धरानः विशेष नियम र निष्ठापूर्वक आराध्यदेव सूर्यको आराधना गरी मनाइने छठ पर्वको आज मुख्यदिन । धरानमा उल्लास र रौनकता छाएको छ । आहा कति रमाइलो भन्दै पहाडे समुदायले समेत छठ पर्व साँच्चै रमाइलो मान्दै मनाए । वर्षेनी छठ मनाउन सर्दु र सेउती खोलामा भीड लाग्ने गर्दछ । यसपटक पनि त्यस्तै भीड लाग्यो । साँझपख अस्ताउँदो सूर्यको पूजाआजाका साथ छठ सम्पन्न भयो ।
तराईको साझा साँस्कृतिक पहिचानको रुपमा मनाइने छठ पर्व कार्तिक शुक्ल चर्तुथीदेखि शुरु भई चार दिनसम्म हर्षोल्लासका साथ मनाउने गरिन्छ । छठका दिन ब्रत बस्नेले प्रसादका रुपमा ठेकुवा, भुसवा, कसार लगायतका मिष्ठान्नहरु तयार पारी नदी, तलाउ वा जलाशयमा नुहाएर अस्ताउँदो सूर्यलाई पूजा गरी पहिलो अर्घ दिइन्छ ।
अस्ताउँदो सूर्यलाई अर्घ दिन साँझ र त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिन छठ घाटमा श्रद्धालु भक्तजनको भीड लाग्ने गरेको छ । पूर्ण विधि नजानेकाहरुले पनि पूजा गर्नेको संख्या बढ्दै गएको छ । सूर्यको उपासना र पूजा गर्नाले चर्मरोग नलाग्ने, सन्तान प्राप्तिका साथै सुख, समृद्धि हुने धार्मिक विश्वास रहिआएको छ ।
धरानको सर्दुखोला किनारमा छठ मनाउन पुगेका धरान–१३ का वडाध्यक्ष नेत्र काफ्लेले छठ पर्व साझा बन्दै गएको र सद्भाव, एकता कायम गर्न सहयोग पुग्ने बताइन् । उनले पूजा सम्पन्न गर्न करिब १ सय २० सदस्यीय स्वयंसेवक खटाइएको बताए ।
तस्वीरहरूः लक्ष्मण थापा, हाम्रो कोशी आवाज

 

प्रकाशित मिति: कार्तिक १० २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend