Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानतर्फ गाँजा लिएर आउँदै थिए, कोकाहा खोलामा समातिए

हाम्रो कोशी आवाज
कार्तिक २६ २०८२, बुधबार
धरानतर्फ गाँजा लिएर आउँदै थिए, कोकाहा खोलामा समातिए

धरानः धरानमा लागूऔषध गाँजासहित युवा पक्राउ परेका छन् ।
धरान उपमहानगरपालिका वडा नं. २० कोकाहा खोलामा लागूऔषध ओसारपसार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोली त्यहाँ पुगेको थियो ।
धनकुटाबाट धरानतर्फ आउँदै गरेको प्र.१–०२–०५३ प ९९८२ नम्बरको मोटरसाइकललाई रोकी कानुन बमोजिम चेकजाँच गर्दा मोटरसाइकल चालक धनकुटा सहिदभुमी गाउँपालिका वडा नं. १ बस्ने वर्ष २३ को सिद्वार्थ राईले बोकेको कालो झोलामा प्याक गरिएको अवस्थामा गाँजा फेला परेको इलाका प्रहरी कार्यालय धरानका डिएसी भीषणबाबु राईले जानकारी दिए ।
ती युवाले बोकेको झोलामा ११ केजी गाँजा फेला परेको प्रहरीले जनाएको छ । सो गाँजा र मोटरसाइकलसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: कार्तिक २६ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend