Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीबाट जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनीमा संलग्न समातिए

हाम्रो कोशी आवाज
मंसिर ११ २०८२, बिहिबार
सुनसरीबाट जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनीमा संलग्न समातिए

धरानः सुनसरीको इटहरीमा गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय इटहरीको भवन जलाउने, सवारीसाधनमा तोडफोड, आगजनी, लुटपाट तथा सुरक्षामा खटिएका प्रहरीमाथि दुर्व्यवहार गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्राप्त भिडियो, फोटो तथा अन्य प्रमाणका आधारमा पहिचान गरेर उनीहरूलाई बुधबार पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी केशवकुमार थेबेले बताए।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–३ बस्ने २९ वर्षीय विजय लिम्बू, भोजपुर याङपाङ–७ स्थायी घर भई हाल इटहरी–४ बस्ने ४७ वर्षीय मदन खत्री, इटहरी–५ बस्ने ४४ वर्षीय दीपेन्द्र कुमार कार्की, इटहरी–८ बस्ने २४ वर्षीय आभाष कार्की र इटहरी–४ बस्ने २४ वर्षीय सोनम कार्की रहेका छन्।
पक्राउ परेकामाथि ‘आपराधिक उपद्रव गर्न नहुने’ सम्बन्धी कसूरमा प्रहरीले सुनसरी जिल्ला अदालतबाट चार दिन म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान अगाडि बढाएको छ।

प्रकाशित मिति: मंसिर ११ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend